काठमाडौं, फागुन २ । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) बशन्तबहादुर सिंहले मंगलवार ७८ जना एसपीहरुको सरुवा गर्नुभएको हो ।
सरुवा सूचीअनुसार काठमाडौं परिसरका एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी दिएको छ । यसैगरी अपिलराज बोहोरालाई जिप्रका तनहुँ, ऋषिराम कँडेललाई जिप्रका बागलुङ, गौतमकुमार केसी जिप्रका धादिङ, दयानिधि ज्ञवाली जिप्रका सर्लाही र बसुन्धरा खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको प्रमुखमा सरुवा गरिएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रन्जित सिंह, चितवनमा भावेश रिमाल र सिन्धुपाल्चोकको प्रहरी प्रमुखमा सन्तोष खड्कालाई पठाएको छ । त्यसैगरी, झापामा मिलन केसी, मोरङमा नवराज कार्की, सिरहामा सन्तोष आचार्यको सरुवा भएको छ ।
सरुवा भएका एसपीहरुको फागुन महिना देखिको तलब–भत्ता नयाँ दरबन्दी कायम भएअनुसार हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
को कहाँ पुगे ?













प्रतिक्रिया दिनुहोस्