काठमाडौं, फागुन २ । कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको आज भएको खेलमा नेपालले कुवेतलाई डीएलएस मेथडमा ८ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
डीएलएसबाट १२ ओभरमा ५० रनको लक्ष्य पाएको नेपालले ६.५ ओभरमा पूरा गरेको थियो । नेपालका लागि इन्दु बर्मा २२ रनमा अविजित रहिन भने कविता कुँवर १ रन, सीता राना मगर १७ रनमा आउट भइन । कविता जोशी भने ४ रनमा अविजित रहिन ।
यसअघि कुवेतले निर्धारित ओभरको खेलमा ९ विकेटको क्षतिमा ७३ रन बनाएको थियो । आजको खेलमा नेपालकी बलर सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन ।
रानामगरले १२.२ ओभरमा कुवेतकी ब्याटर प्रियदा मुरलीको विकेट लिएकी थिइन्। लगत्तै १२.३ ओभरमा रानामगरको बलमा काजल श्रेष्ठद्वारा कुवेतकी मारयम ओमर स्टम्प आउट भएकी हुन ।
१२ ओभरको चौथो बलमा कुवेतकी कप्तान अमना सरिफ तारिकलाई पेभेलियन फर्काएकी हुन्। त्यसैगरी रुविना क्षेत्रीले २ विकेट र कविता कुँवरले २ विकेट लिइन ।
प्रतिक्रिया दिनुहोस्