काठमाडौं, फागुन २ । आगामी बर्ष अर्थात २०८१ सालमा ३५ दिन सार्वजनिक बिदा हुने भएको छ ।
सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गरेको हो । गृह मन्त्रालयले सूचना जारी गरी २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको छ ।
सूचीअनुसार आगामी बर्ष २७ दिन पर्व बिदा परेको छ भने ६ वटा दिवसको बिदा र २ वटा जन्मजयन्ती बिदा रहेका छन । सूचीअनुसार दशैंमा ५ दिन र तिहारमा ४ दिन बिदा दिइएको छ ।













प्रतिक्रिया दिनुहोस्