जनता टाइम्स

२ फाल्गुन २०८०, बुधबार २२:०७

संगठन बिस्तारमा जुट्यो प्रवासी नेपाली मञ्च, बिश्व दौडाहमा निस्किए अध्यक्ष थापा


हङकङ, फागुन २ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी संगठन बिस्तारमा जुटेको छ ।

मलेसियाको क्वालालम्पुरमा केन्द्रीय कमिटीको पहिलो भौतिक बैठक सम्पन्न गरेलगत्तै इञ्चार्ज डा. राजन भट्टराई र अध्यक्ष सञ्जय थापा टीमसहित संगठन बिस्तारको अभियानमा निस्कनु भएको हो ।

यही क्रममा टोलीले हङकङमा बिशेष प्रशिक्षण तथा भेला सम्पन्न गरेको छ । मलेसियाको बैठक तथा प्रशिक्षण कार्यक्रम सकेर हङकङ आउनु भएका अध्यक्ष थापा, इञ्चार्ज भट्टराईसहित सचिवालय सदस्य प्रभु थापा, भक्त गुरुङ, जानकी कार्कीसहितका नेताहरुले हङकङमा प्रशिक्षण दिनुभएको छ ।

अध्यक्ष थापा प्रवासी नेपाली मञ्च हङकङ राष्ट्रिय कमिटीको भौतिक बैठक र चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित प्रशिक्षण भेला र संस्कृतिक कार्यक्रममा सहभागी हुन मलेसियाबाट हङकङ आउनु भएको हो ।

हङकङ राष्ट्रिय कमिटीका अध्यक्ष सत्यप्रसाद घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवासी नेपाली मञ्चलाई प्रवासमा पहिलो बनाउने अठोट गरिएको छ ।

अध्यक्ष थापाको टोलीले हङकङस्थित नेपाली माहवाणिज्य दूतसहित एनआरएन आईसिसि महिला सचिव राधिका गुरुङसहितका नेताहरुसँग पनि बैठक गरेको छ ।

सो टोल हङकङमा आयोजित अन्य बिभिन्न कार्यक्रममा सहभागी भएको छ । सो टोली हङकङको कार्यक्रम सकाएर मकाउतर्फ प्रस्थान गरेको छ ।