जनता टाइम्स

३ फाल्गुन २०८०, बिहीबार ०७:५१

विश्वकप लिग-२ सुरू, पहिलो खेलमा नेपालले नामाबियासँग प्रतिस्पर्धा गर्ने


काठमाडौं, ३ फागुन । आइसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३-२०२७) को साइकलका सिरिज आजदेखि शुरु हुदैछ ।

२०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौँमा पहिलो सिरिज हुदै छ ।

आइसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९- २०२३) मा पनि यहि फर्म्याटमा प्रक्रिया शुरु गरेको थियो ।

लिग( २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग(२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

क्रिकेट विश्वकप लिग-२ को २०२३– २०२७ साइकलको शुरुवात नेपालबाट हुदै छ । आजदेखि काठमाडौँमा नेपालसहित नामिबिया र नेदरल्याण्डसले त्रिकोणीय सिरिजको शुरुवात गर्दै छन् ।

आज पहिलो खेलमा नेपालको सामना नामिबियासँग टियु मैदानमा हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ९स् १५ बजेदेखि हुदै छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि घोषणा गरेको टिममा दुई परिवर्तन गर्दै आफ्नो टिम बुधबार सार्बजनिक गरेको छ ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग(२ खेल्ने टिममा समावेश गरेको हो । क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ ।

नेपाल क्रिकेट संघ ९क्यान० ले लिग( २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन् ।
लिग(२ को सिरिज खेल्ने नेपाली टिम( रोहित पौडेल ९कप्तान०, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ ।

खेल तालिकाः
फागुन ३ गते विहिबार– नेपालविरुद्ध नामिबिया
फागुन ५ गते शनिबार( नेपालविरुद्ध नेदरल्यान्ड्स
फागुन ७ गते सोमबार( नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबार( नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबार( नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबार( नेपालविरुद्ध नेदरल्यान्ड्स