जनता टाइम्स

३ फाल्गुन २०८०, बिहीबार १८:३३

मकाउबाट ओएनएफ अध्यक्ष सञ्जय थापाको उदघोष : जुममा वैठक गर्ने र नेता प्रवृतिले संगठन वन्दैन


मकाउ, फागुन ३ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा मकाउ आइपुग्नु भएको छ । मलेसियामा सम्पन्न केन्द्रीय कमिटीको बैठकपछि हङकङको बिशेष प्रीशक्षण सम्पन्न गरी अध्यक्ष थापा मकाउ आइपुग्नु भएको हो ।

अध्यक्ष थापालाई मकाउमा भब्य स्वागत गरिएको छ । मकाउमा अध्यक्ष थापाको स्वागतसँगै चिनियाँ नयाँबर्षको अवसरमा कार्यकर्ता भेटघाट र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा वोल्दै अध्यक्ष थापाले कार्यकर्ताको भावनाको कदर गर्न नसक्नेहरु नेता हुन नसक्ने बताउनु भयो । उहाँले सवैको भावनाको कदर गर्दै अघ बढनुपर्नेमा जोड दिनुभयो । आफ्नो सम्बोधनको क्रममा अध्यक्ष थापाले भन्नुभयो, ‘जुममा वैठक गर्ने र नेता प्रवृतिले संगठन वन्दैन ।’

थापाले बिचारको परिवार जोडदै हिडने क्रममा आफू मकाउ आइपुगेको भन्दै प्रवासमा रहेका सवै नेपालीलाई समेटने गरी अघि बढन निर्देशन दिनुभयो । ‘विचारको परिवार जोड्दै हिड्ने क्रममा आज मकाउ आईपुगेको छु । तपाईंहरुको आवश्यकता समस्याको पहिचान गर्न भौतिक रुपमा उपस्थित भएको हो । जुममा वैठक गर्ने र नेता प्रवृतिले संगठन वन्दैन,’ थापाले भन्नुभयो ।

उहाँले संगठनका सदस्यले उठाएको सवै मागको सम्बोधन हुने भन्दै अव कोही पनि प्रवासी नेपाली अबिभावकबिहीन अवस्थाको अनुभुति हुन नपरोस भन्नेमा आफूहरु निकै सचेत रहेको बताउनु भयो ।

कार्यक्रममा उपस्थित सदस्यहरुले उठाएको पार्टी र देश तथा अन्य पार्टी प्रतिको धारणा असन्तुष्टिको पुर्ण रुपमा समाधान पार्ने काम पनि अध्यक्ष थापाले गर्नुभएको छ । थापाले प्रवासको कमिटीको तह निर्धारण भई सकेकोले प्रवासमा जुन तहमा काम गरेको हो फर्केर जाँदा त्यही तहको जिम्मेवारी प्राप्त गराउने कुरामा अन्तर्राष्ट्रिय कमिटी प्रतिवद्ध छ भन्ने जानकारी दिएपछि अधिकांश सदस्यहरुले खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा सचिवालय सदस्य एवं पूर्वी एसिया इञ्चार्ज भक्त गुरुङ, पूर्वी एसिया सचिव उत्तम गुरुङ र पूर्वी एसिया सदस्य रामचन्द्र अर्यालले आफ्नो धारणा राख्नुभएको थियो । प्रवासी नेपाली मञ्च मकाउ कमिटीका अध्यक्ष चिरन्जिवि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सालिक वगाले मगरले गर्नुभएको थियो । कार्यक्रममा मकाउका अधिकांश सदस्यहरु उपस्थित रहेका थिए ।