जनता टाइम्स

३ फाल्गुन २०८०, बिहीबार २१:५१

प्रवासीको हितमा उत्कृष्ट कामको कदर, राजदूत पौडेलले गरे प्रवासी नेपाली मञ्च मलेसिया सम्मानित


मलेसिया, फागुन ३ । नेपाली कामदारको आकर्षक गन्तब्य मलेसियामा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीलाई सम्मान गरिएको छ ।

प्रवासी नेपालीहरुको हितमा गरेको कार्यको प्रशंसा गर्दै मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले आज प्रवासी नेपाली मञ्चका अध्यक्ष दयाराम कुमाललाई सम्मान पत्र प्रदान गरी सम्मानित गर्नुभएको हो । प्रवासी नेपाली मञ्च मलेसियालाई नेपाल तामाङ घेदुङ मलेसियाले सम्मानित गर्ने निर्णय गरेको थियो ।

नेपाली राष्ट्रिय सांस्कृतिक पर्व तामाङ समुदायको महान पर्व मञ्जुश्री संवत् २८६० मु/डुक ल्हो (बहुल बर्ग) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ मलेसियाद्वारा आयोजित कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत पौडेल र तामाङ घेदुङ मलेसियाका अध्यक्ष मिलन थिङले कुमाललाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

तामाङ घेदुङ मलेसियाले हरेक वर्ष सामाजिक योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ । प्रवासी नेपाली मञ्चले मलेसियामा रहेका नेपालीहरूको हकहितमा अतुलनीय भूमिका निर्वाह गर्दै आएको छ । प्रवासी नेपाली मञ्च मलेसियाले प्रवासी नेपालीको हितमा बिशेष योजनासहित उत्कृष्ट काम गर्दै आएको छ । सोही कामको लागि सम्मान गरिएको हो ।