जनता टाइम्स

५ फाल्गुन २०८०, शनिबार १२:१६

कोभिड पछाडी फेरी सुरू भयो एक देशमा ‘वर्क फ्ररम होम’ को कल्चर


बैंकक, ५ फागुन । कोरोना भाइरसको विश्वव्यापी महामारीका बेला सुरु भएको ‘घरबाट काम’ गर्ने संस्कृति अहिले लगभग समाप्त भएको छ । संसारभरका कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई काम गर्न अफिसमा आउनु पर्ने बताएका छन् । तर यो संस्कृति फेरि एक शहरमा फर्केको छ । यो सहरको नाम हो बैंकक ।

थाइल्याण्डको राजधानी बैंकक शहरका कर्मचारीहरूलाई घरबाटै काम गर्न भनिएको छ र यसको पछाडिको कारण वायु प्रदूषण हो । हामी तपाईलाई बताउछौं कि बैंकक हाल वायु प्रदूषणका कारण खतरनाक धुवाँको कम्बलले लपेटिएको छ । यहाँ, वायु प्रदूषणको हानिबाट बच्न कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ ।

शहरका अधिकारीहरूले यहाँका कम्पनीहरूलाई आफ्ना कर्मचारीहरूलाई प्रदूषणबाट जोगाउन मद्दत गर्न आग्रह गरेका छन् । यो उल्लेखनीय छ कि एयर मनिटरिङ वेबसाइट आइ क्यु केयरको अनुसार बिहीबार बिहानदेखी बैंकक विश्वको १० सबैभन्दा प्रदूषित शहर मध्ये एक रहेको छ ।

गभर्नर चचार्ट सिटिपुन्टले बुधबार साँझ मात्रै बैकक सहरका कर्मचारीहरूले बिहीबार र शुक्रबार घरबाट काम गर्ने बताएका थिए । उनले बैंककका ५० मध्ये कम्तीमा २० सहरमा स्वास्थ्यका लागि हानिकारक पीएम २.५ कण रहेको बताएपछि सबैलाइ ‘वर्क फ्ररम होम’ भनेका छन । यसअघि बैंकक र चियांग माई शहरहरू गत वर्ष धेरै पटक विश्वको सबैभन्दा प्रदूषित शहरहरूको दैनिक रैंकिंगमा समावेश थिए ।