जनता टाइम्स

५ फाल्गुन २०८०, शनिबार १२:२७

जब ससुराको शुक्रकिटबाट बुहारीले सन्तान जन्माइन, बेलायतमा सुरू भयो नयाँ बहस


लन्डन, ५ फागुन । इंग्ल्यान्डका एक पुरुषले आइभिएफ खर्च गर्न नसक्ने भएपछि आफ्नी श्रीमतीलाई गर्भवती बनाउन मद्दत गर्न आफ्नै बुबाको शुक्रकीट मिसाएका छन । ससुराको शुक्रकिटबाट बुहारीले सन्तान जन्माएपछि बेलायतमा हंगामा भएको छ । हंगामा समुहले छोराको डिएनए परिक्षण गर्नुपर्ने भन्दै परिवारलाइ दबाब बढाएका छन ।

कानुनी कारणहरूका लागि व्यक्तिको नाम दिइएको छैन तर अदालतका कागजातहरूमा पीक्यूको रूपमा मात्र पहिचान गरिएको छ । गार्जियनका अनुसार पीक्यू र उनकी श्रीमती जेकेलाई गर्भावस्थासँग सम्बन्धित समस्या थियो । त्यसैले उनी आफ्नो बुबा (ससुरा) को शुक्रकीटमा मिसाउन राजी भए, त्यसपछि महिलामा सुई लगाइयो ।

न्यायाधीशलाई यसबारे जानकारी दिइएको थियो र यसलाई सधैं गोप्य राख्ने उद्देश्य राखिएको थियो । जसका कारण गर्भावस्था पछि महिलाले छोरालाई जन्म दिइन्, जो अहिले पाँच वर्षको छ । अदालतका कागजातको रुपमा त्यो छोराका नाम डी हो । तर, स्थानीय परिषद्लाई गर्भावस्थाको अवस्थाको बारेमा जानकारी गराए लगत्तै सो बच्चाको आमाबाबुलाई पत्ता लगाउन कानुनी प्रक्रिया सुरु भएको छ, जुन निकै समस्या पर्न गएको छ ।

स्थानीय काउन्सिलले उच्च अदालत पुगेर डिएनए परीक्षण गर्न निर्देशन दिन माग गरेको छ कि डीका पिता को हुन् ? भनेर पत्ता लगाउनु पर्ने भएको छ, जसले गर्दा बेलायतमा नयाँ बहस सुरू भएको छ । तर, काउन्सिललाई यस विषयमा हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै न्यायाधीशले बिहीबार निवेदन खारेज गरेका छन् ।

डी ले आफ्नो जैविक पिता को हो ? भनेर जान्न चाहन सक्छ, यो पछिको कुरा हो तर स्थानिय काउन्सिललाई जबर्जस्ती गरेपछि अदालतले त्यसो गर्ने अधिकार भने स्थानियलाइ दिइएको छैन । ‘बच्चाको जन्मको सही अभिलेख जान्न सार्वजनिक चासो कायम राख्ने इच्छा यस्तो निवेदनमा व्यक्तिगत चासो भन्दा बढी हुन्छ, तर यो बाध्यकारी छैन,’ न्यायाधीशले भन्नुभयो ।

उहाँले आफ्नो आदेशमा भनेका छन कि बाबुको पहिचानको निर्णय परिवारको हातमा छ, बच्चाको वास्तविक बाबु को हो भन्ने कुरा बताउन डीएनए परीक्षण गराउने कि नगराउने ? उनीहरूको पारिवारिक मामिला हो तर, स्थानिय अधिकारीले खोजे झै यो बाध्यात्मक भने छैन ।’ तर, ससुराको शुक्रकिटबाट सन्तान जन्माएको बिषयमा बेलायतमा नयाँ चासो र बहस भने सुरू भएको छ ।