जनता टाइम्स

७ फाल्गुन २०८०, सोमबार १५:५०

संगठन बिस्तारमा जुट्यो प्रवासी नेपाली मञ्च : अमेरिकामा २७औं राज्य कमिटी र कम्बोडियामा भेला आयोजक कमिटी गठन


अमेरिका, फागुन ७ । प्रवासी नेपाली मञ्च अमेरिकामा २७औं राज्य कमिटी गठन भएको छ । मलेसियामा सम्पन्न प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको भौतिक बैठकले गरेको निर्णयलाई कार्यान्वयनमा लैजाँदै अमेरिकामा २७औं राज्य कमिटी गठन भएको हो ।

मञ्चका सचिवालय सदस्य एवं अमेरिकाज क्षेत्रका इञ्चार्ज प्रभु थापाका अनुसार अमेकिराको आर्कन्स राज्यमा फेब्रवरी १८, मा सम्पन्न भेलाले डा. नवराज दाहाल अध्यक्षमा राज्य कमिटी गठन गरेको हो । सो कमिटीको उपाध्यक्षमा डा. दिनेश भट्टराई र सचिवमा अर्जुन चापागाईलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा दिपकराज जोशी, पुष्पा घिमिरे र चेतना ओली रहनुभएको छ ।

अध्यक्ष दाहाल युनिभर्सिटी अफ आर्कन्स, फोर्ट स्मिथमा फिसिक्सका अस्सिस्टेन्ट प्रोफेसर हुनुहुन्छ । उहाँकै अध्यक्षतामा भेला सम्पन्न भएको हो । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यता तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापाको बिशेष अतिथ्यतामा सम्पन्न भेलाको सञ्चालन अमेरिका राष्ट्रिय कमिटीका उपाध्यक्ष भीम ओलीले गर्नुभएको थियो ।

भेलालाई ओएनएफ आईसीसीका यसैगरी अमेरिका महादेशका संयोजक ईश्वरी भट्ट, अमेरिकाका अध्यक्ष कृष्ण लामिछाने, उपाध्यक्ष गोकर्ण दाहाल, सचिब छवि पाण्डे, सचिबालय सदस्य भुवन अधिकारीले शुभकामना मन्तब्य दिनुभएको थियो । प्रवासी नेपाली मञ्च अमेरिकाको दोस्रो साधारण सभा आगामी मे महिनाको अन्तिम साता लसएन्जलसमा गर्ने निर्णय भइसकेको छ ।

मलेसियामा सम्पन्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको फिजिकल बैठकले संगठन बिस्तारलाई तीब्रता दिने निर्णय गरेको थियो । सो निर्णयलगत्तै अध्यक्ष सञ्जय थापा र सचिवालय सदस्य तथा अमेरिका महादेश ईञ्चार्ज प्रभु थापा हङकङको कार्यक्रममा सहभागी हुनुभएको थियो । अध्यक्ष थापा हङकङपछि मकाउ हुदै कम्वोडिया पुगेर भेला आयोजक कमिटी गठन गर्नुभएको छ ।