जनता टाइम्स

९ फाल्गुन २०८०, बुधबार ०८:४३

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि अघि बढाइयो अनुसन्धान


काठमाडौं, फागुन ९ । पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको ग्रिन सिग्नल पाएपछि ग्यालेक्सी टिभीका पूर्वसञ्चालकसमेत रहेका रविमाथि अनुसन्धान अघि बढाइएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि त्यसमा प्राविधिक रूपले सघाइरहेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणलाई लिएर गत माघ २२ गते सहकारीपीडितले पूरक निवेदन दिएका थिए । त्यसपछि प्रधानमन्त्री र गृहमन्त्री दुवैले त्यसमाथि चासो बढाएका छन् ।

सूर्यदर्शन सहकारीको ठगी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन रहेका बेला प्रहरीमा पनि ठगीविरुद्ध उजुरी परेको हो ।

यसअघि गत भदौमा पनि प्रहरीमा उजुरी परेको थियो ।