जनता टाइम्स

९ फाल्गुन २०८०, बुधबार १५:१६

आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियासँग नेपालको दोस्रो हार


काठमाडौं,  फागुन ९। आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।