जनता टाइम्स

१० फाल्गुन २०८०, बिहीबार २०:२९

प्रवासी नेपाली मञ्च मलेसियाको श्रमिक राहात कोषमा सहयोग बढदै, यी नेताले गरे सहयोग (सूचीसहित)


मलेसिया, फागुन ११ । प्रवासी नेपाली मञ्च मलेसियाले स्थापना गरेको पीडित श्रमिक राहात कोष कल्याण कोषमा उल्लेख्य रुपमा रकम जम्मा भएको छ । प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमार ल निवर्तमान अध्यक्ष शेरबहादुर गुरुङले कल्याण कोषमा उल्लेख्य रुपमा रकम जम्मा गर्नुभएको छ ।

प्रवासी नेपाली मञ्च मलेसियाले अन्तराष्ट्रिय कमिटीको प्रथम भौतिक बैठकको अवसरमा आयोजना गरेको प्रशिक्षण तथा बृहत साँस्कृतिक कार्यक्रमको अवसर पारेर गत फेब्रुअरी ११ गते पीडित श्रमिक राहत कोष स्थापना गरेको हो ।

सो कोषमा अध्यक्ष कुमाल आफैले ५१ हजार मेलेसियन रुपैयाँ आरएम अर्थात नेपाली १४ लाख ७९ हजार रुपैयाँ जम्मा गर्नुभएको छ । यस्तै मलेसिया राष्ट्रिय कमिटीका निवर्तमान अध्यक्ष शेरबहादुर गुरुङले १६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । बर्तमान कार्यसमितिको कामलाई उत्कृष्ट सहयोग गरी गुरुङले सो रकम सहयोग घोषणा गर्नुभएको बताउनु भएको छ ।

मलेसिया कमिटीले स्थापना गरेको कोषमा अहिलेसम्म मञ्चका नेताहरुले समेत सहयोग गर्नुभएको छ । कोषमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सल्लाहकार परिषद सभापति एवं पूर्वअध्यक्ष भक्त गुरुङ, उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा, उपसचिव चानक पोखरेल, सचिवालय सदस्य प्रभु थापा, कमलमणि गुरागाईंसहितका नेताहरुले सहयोग घोषणा गर्नुभएको हो ।

यसरी सहयोग दिनेमा पूर्वी एसिया महादेश संउोजक मोहन रायमाझीसहित नेताहरु सुरेश केसी, सरोज कँडेल, शिशिर नेपाल, बिजय फुयाल, सीता केसी थापा, भवानी वली, भक्त वाग्ले, शिबप्रसाद बरुवाल, गाोबिन्द पौडेल हुनुहुन्छ । यसैगरी सरस्वती केसी, सन्तोषकुमार भट्टराई, गीता सुवेदी, ज्योती शर्मा, राधिका क्षेत्री,बिश्व राई लगायतका नेताहरुले पनि कोषमा रकम जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

प्रवासी नेपाली मञ्च पूर्वी एसिया संयोजक रायमाझीले श्रमिकको हितमा मलेसियाले उत्कृष्ट काम गरेकोले सवैबाट साथ पाएको बताउनु भयो । नेपाली कामदारको आकर्षक गन्तब्य मलेसियामा नेपाली श्रमिक मजदुरलाई समस्या आएका सहयोगका लागि यो कोष स्थापना गरिएको रायमाझीले बताउनु भयो ।

मलेसियाका अध्यक्ष दयाराम कुमालले यो कोषमा सहयोग गर्न सवै प्रवासमा रहेका नेता तथा समाजसेवीहरुलाई आग्रह गर्नुभएको छ । बिसुद्ध मजदुरको हितका लागि कोषको रकम खर्च गर्ने भन्दै अध्यक्ष कुमालले समस्यामा परेका जोकोहीलाई मञ्चले सहयोग गर्ने बताउनु भयो ।

यस्तै मलेसिया कमिटीका उपाध्यक्ष जीवन देवान र सचिव कृष्ण खडकाले कोषको रकम पीडित श्रमिक मजदुरको हितमा खर्च हुने भन्दै बिना संकोच सहयोग गर्न अपिल गर्नुभएको छ । प्रवासी नेपाली मञ्च मलेसियाले बिगत केही समयदेखि समस्यामा परेका नेपाली श्रमिक कामदारको लागि उद्धार तथा राहातको काम अघि बढाउँदै आएको छ ।