काठमाडौं, फागुन ११ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा सप्राइज दिनुभएको छ ।
शितल निवासबाट बाहिरिएपछि पूर्वराष्टटरपति भण्डारी एमाले अध्यक्ष ओलीको जन्मदिनमा पहिलो पटक राजनीतिक दलको कार्यक्रममा सहभागी भएर सप्राइज दिनुभएको हो । एमाले जनसंगठन राष्ट्रिय युवा संघले ओलीका जन्मदिनको अवसरमा आजबाट केपी ओली कप फुटबल प्रतियोगिता सञ्चालन गरेको छ । सो कायक्रमको उदघाटन पूर्वराष्ट्रपति भण्डारीले गर्नुभएको हो ।
पूर्वराष्ट्रपति भण्डारी अध्यक्ष ओलीसँगै कार्यक्रममा सहभागी हुनुभएको छ । यसअघि उहाँ आफैले लामो समय नेतृत्व गरेको अनेमसंघले आयोजना गरेको महिला आन्दोलन सम्बन्धी पुस्तक बिमोचन कार्यक्रममा बाहेक अन्य कुनै पनि राजनीतिक दलको भातृ संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको थिएन । पूर्वराष्ट्रपति भण्डारीको यो कदमलाई केपी ओलीको जन्मदिनमा राजनीतिमा आउने सप्राइज गिफ्टको रुपमा हेरिएको एमाले नेता कार्यकर्ताहरुको बुझाइ छ ।
प्रतिक्रिया दिनुहोस्