मलेसिया, फागुन १४ । मलेसियाको पेनाङ राज्यमा प्रवासी नेपाली मञ्चको कमिटी पुनर्गठन भएको छ ।
प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी मलेसियाका अध्यक्ष दयाराम कुमालको प्रमुख आतिथ्यतामा फ्ब्रुअरी २६ गते आइतवार सम्पन्न बिशेष भेलाले राज्य कमिटीलाई पुनर्गठन गरेको हो । बुकित जम्बुल स्थित जूनतारा होटेलमा भएको भेलाले पूर्ण वलीको अध्यक्षतामा पेनाङ राज्य कमिटी पुनर्गठन गरेको इञ्चार्ज राधिका क्षेत्रीले जानकारी दिनभयो ।
गत सेप्टेम्बर २०२३ मा गठित पेनाङ राज्य कमिटीका अध्यक्ष लगायतका अधिकांश पदाधिकारीहरु स्वदेश फर्किएको र केही पदाधिकारीहरु निस्कृय रहेको कारण पदपूर्ति भन्दा पुनर्गठन गर्नु उपयुक्त हुने ठहरसहित भेलाले वलीको अध्यक्षतामा १३ सदस्यीय पेनाङ राज्य कमिटी सर्वसम्मत चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा शालिकराम भट्ट, सचिवमा निराजन देबकोटा, सहसचिवमा मनोज घिमिरे र मनिष महतोलाई चयन गरेको छ । यसैगरी ज्ञानिमाया वाईबा, मनिसा ब्लोन, जमुना कुमाल, बिनोद गहतराज, इश्वर पोख्रेल, रामवहादुर जैसी, लीलाबहादुर कुमाल र बद्रीप्रसाद दाहाललाई सदस्य चयन गरेको छ ।
भेलाले पशुपति देवकोटाको अध्यक्षतामा गठन भएको प्रवासी नेपाली मञ्च, पेनाङ राज्य कमिटीलाई पुनर्गठन गरेको हो । प्रवासी नेपाली मञ्च मलेसिया राज्य कमिटी पेनाङका अध्यक्ष देबकोटाले राजीनामा दिएपछि लामो समय पद रिक्त भएको थियो । भेलमा राष्ट्रिय कमिटी सदस्य राजेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय कमिटी सदस्य तथा पेनाङ राज्य संयोजक राधिका क्षेत्रीको विशेष उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्