रामेछाप, फागुन १४ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकालले पार्टीमै काम नगर्ने तर अर्काको कुरा काटदै हिडने नेता रहेको खुलासा गर्नुभएको छ । नेता ढकालले अर्काको कुरा काटदै हिडने नेता–कार्यकर्ताबाट पार्टी नबन्ने ठहरसहित त्यस्ताका पछि नलाग्न पनि सवै तहका नेता–कार्यकर्तालाई सुझाउनु भयो ।
नेकपा एमाले रामेछाप स्कुल विभागले सोमबार मन्थलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै जनसंगठन समन्वय संयन्त्रका संयोजकसमेत रहनुभएका नेता ढकालले यस्तो सुझाव दिनुभएको हो । उहाँले कुरा काटेर पार्टी नबन्ने भन्दै पार्टी बनाउनको लागि एकजुट भएर लाग्नु पर्ने आवश्यकता औंल्याउनु भयो ।
‘पार्टीमा एक खाले नेताहरू काम गर्ने तर रिपोर्ट त्यति नगर्ने हुनुहुन्छ, एक थरी नेताहरु काम गर्दै नगर्ने तर अर्कोको रिपोर्ट मात्रै गर्ने र कुरा काट्ने मात्र हुनुहुन्छ, कुरा काट्नेबाट पार्टी बन्दैन’, ढकालले भन्नुभयो । उहाँले पार्टी बनाउनका लागि नेतृत्वमा रहेका नेताहरु एक–अर्का विरुद्ध लाग्न नहुने बताउनु भयो ।
पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा गरेर पार्टी नबन्ने ढकालको भनाई छ । एमालेले नेता कार्यकर्ताले उज्यालोदेखि उज्यालोसम्म मात्रै काम गरेर नपुग्ने पनि उहाँले बताउनुभयो । एमालेका नेता कार्यकर्ताले रातदिन नभनी काम गर्नुपर्नेमा भन्दै ढकालले थप्नुभयो, ‘उज्यालोमा मात्र काम गरेर एमाले बन्दैन । क्षणिक आनन्दले एमाले बन्दैन ।
प्रशिक्षणको क्रममा नेता ढकालले जनसंगठनबिनाको पार्टीको कल्पनासमेत गर्न नसकिने भन्दै सोहीअनुसार जिम्मेवारी दिन कन्ज्युस्र्याँइ गर्न नहुने बताउनु भयो । जनसंगठन हरेक कुरामा उभार ल्याउने जनसंगठन भएकाले जनसंगठनलाई बलियो बनाउँदा मात्र राजनीतिक आन्दोलनलाई बलियो बनाउने ढकालले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्