जनता टाइम्स

१४ फाल्गुन २०८०, सोमबार १७:५३

८ मार्चमा प्रवासी नेपाली मञ्चको बिशेष कार्यक्रम, प्रमुख अतिथिदेखि आमन्त्रित सवै बक्ता महिला


काठमाडौं, फागुन १४ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले यस बर्षको अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा बिशेष कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

मञ्चको महिला बिभागले अन्तराष्ट्रिय श्रमिक महिला दिवस अर्थात ८ मार्चमा प्रतिष्ठित महिला नेतृहरुलाई सहभागी गराएर बिशेष कार्यक्रम गर्ने भएको हो । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका महिला बिभाग प्रमुख कुन्ती थापाका अनुसार ८ मार्चमा ‘इन्भेष्ट इन ओमन : एक्सेलेरेट प्रोग्रेस’ बिषयक कार्यक्रमको आयोजना गरिएको छ ।

बिभाग प्रमुख थापाका अनुसार अन्तराष्ट्रिय श्रमिक महिला दिवसको दिन आयोजना हुने सो कार्यक्रममा मञ्चका अध्यक्ष सञ्जय थापाबाहेक प्रमुख अतिथिदेखि आमन्त्रित बक्ता सवै महिला नै राखिएको छ ।

जुममार्फत हुने सो कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली हुनुहुन्छ । यसैगरी अतिथि बक्ताहरुमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापासहित राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओली थापा, डा. रिता ढुंगेल र कमला ओली शिवाकोटी रहनुभएको छ ।

महिला बिभाग प्रमुख थापाले कार्यक्रममा बिश्वभर रहेका सवै प्रवासी नेपाली र नेपालमा रहेका इच्छुक ब्यक्तिहरु जोडिन सक्ने बताउनु भयो । सो कार्यक्रम ८ मार्चको दिन नेपाली समयअनुसार बेलुकी साँझ ६ बजे सुरु हुने प्रमुख थापाले बताउनु भयो । थापाले महिलामा लगानी गर्दा प्रगति हुने तथ्यलाई उजागर गर्न बिषयबस्तु नै सोही छनोट गरिएको बताउनु भयो । कार्यक्रममा सहभागी हुनका लागि जुम आइडी ८१८–८८६९–४६२४ र पासवर्ड २०२४ रहेको छ ।