जनता टाइम्स

१५ फाल्गुन २०८०, मंगलवार ००:२७

संगठन सृदृढीकरण अभियानमा जुट्यो प्रवासी नेपाली मञ्च, समस्या पहिचानसँगै समाधानसहित अध्यक्ष थापाको बिश्व भ्रमण


काठमाडौं, फागुन १५ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा संगठन सुदृढीकरणको अभियानसहित बिश्व भ्रमणमा निस्कनु भएको छ ।

मलेसियामा सम्पन्न अन्तराष्ट्यि कमिटीको भौतिक बैठकको निर्णय कार्यान्वयनको अभियानसहित अध्यक्ष थापा बिश्व दौडाहामा निस्कनु भएको हो । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार बिभाग प्रमुख चानक पोखरेलले संगठन सुदृढीकरणको अभियानलाई ब्यवहारमा कार्यान्वयन गर्न अध्यक्ष थापा बिश्व भ्रमणमा निस्कनुभएको बताउनु भयो ।

प्रचार बिभाग प्रमुख पोखरेलले सवै देश पुगेर संगठन निर्माणलाई ठोश रुप प्रदान गर्न अध्यक्ष थापा ब्यक्तिगत काम सवै थाँती राखेर अभियानमा लाग्नुभएको र उहाँ फर्कदा ८० वटा देशमा प्रवासी नेपाली मञ्चको राष्ट्रिय कमिटी गठन भइसक्ने जानकारी पनि दिनुभयो ।

गत फेब्रुअरी १० र ११ गते मलेसियाको राजधानी क्वालालम्पुरमा अन्तराष्ट्रिय कमिटीको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष थापा बिश्व दौडाहमा निस्कनुभएको हो । उहाँ मलेसियाबाट हङकङ, मकाउ, कम्बोडिया, थाइल्याण्ड र दक्षिण कोरियाको भ्रमण सकाउनु भएको छ ।

आफ्नो भ्रमणको क्रममा अध्यक्ष थापाले राष्ट्रिय कमिटीको बैठक, अन्तरक्रियासहित संगठन पुनर्गठनको कामलाई बिशेष महत्व दिनुभएको छ । सोही क्रममा क्रममा अध्यक्ष थापाको कम्बोडियामा राष्ट्यि कमिटी गठनका लागि तदर्थ समिति बनेको छ भने कारियाको थेगुमा अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति भयन भएको छ ।

सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापाका अनुसार अध्यक्ष थापा बैठकको निर्णय कार्यान्वयनसहित ५ वटा बिशेष उदेश्यका साथ बिश्व भ्रमणमा रहनुभएको छ । अध्यक्ष थापाले कमिटी गठन पुनर्गठन, अन्तरबिरोधको समाधान, नयाँ सदस्यता बिस्तारदेखि निस्कृय कमिटीलाई सकिmय बनाउने र संगठन चलायमान बनाउने काममा आफ्नो भ्रमण केन्द्रित गर्ने उहाँको भनाई छ ।