जनता टाइम्स

१५ फाल्गुन २०८०, मंगलवार १२:२९

प्रवासी नेपाली मञ्च टेक्सासको अधिवेशन मिति तोकियो, राजु नेपालको संयोजकत्वमा आयोजक कमिटी गठन


अमेरिका, फागुन १५ । प्रवासी नेपाली मञ्च अमेरिकाको टेक्सास राज्यमा अधिवेशन आयोजक कमिटी गठन भएको छ ।

टेक्सास राज्य कमिटीको आयोजनामा फेब्रुअरी २५ गते भएको बृहत्त भेलाले राजु नेपालको संयोजकत्वमा २३ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

आयोजक समितिका सदस्यहरुमा मनिष थापा, मनोज धिताल, लक्ष्मण थापा, मधुसूदन ज्ञावली, राम अधिकारी, अर्जुन त्रिपाठी, गगन जिसी, उत्तम लोहनी, शंकर थापा र बिक्रम पाण्डे रहनुभएको छ ।

यसैगरी महेन्द्र बेलवासे, साधना पन्त, भीषण अधिकारी, रबीन निरौला, बाबूराम काफ्ले, रचना प्याकुरेल, पलिशा महर्जन, रन्जित पौडेल, समीर कार्की, गोकुल रिजाल, घनश्याम पोखरेल र दिवाकर लोहनीलाई आयोजक कमिटी सदस्य चयन गरिएको छ ।

प्रवासी नेपाली मञ्च टेक्सस राज्य कमिटीका अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता र अन्तराष्ट्रिय बिभाग उपप्रमुख जीवन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाले आगामी अप्रिल २७ गते अधिवेशन सम्पन्न गर्ने निर्णयसहित आयोजक कमिटी गठन गरेको हो ।

भेलाले अधिवेशनका लागि प्रवासी नेपाली मञ्च अमेरिकाका उपाध्यक्ष गोकर्ण दाहालको संयोजकत्वमा ती सदस्यीय ३ सदस्यीय निर्वाचन कमिटी पनि गठन गरेको छ । कमिटीमा बिजयराज भट्टराई र भुवन अधिकारी सदस्य रहनुभएको छ ।

सो भेलामा एनआरएनए आइसीसीका सल्लाहकार  यमुना भट्टराईसहित जनक राना, कृष्णप्रसाद भण्डारी, बेधनिधि दाहाल, नारायण खडका, जीभलाल बुडा , नूरराज बस्याल, अर्जुन त्रिपाठी, प्रदीप तिमिल्सिना, शब्धिता प्याकुरेल लगायतका अतिथीले मञ्चले खेल्नुपर्ने भूमिकाको बिषयमा आफ्नो धारणा राख्नुभएको थियो ।