काठमाडौं, फागुन १६ । नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा लेवनानलाई २–१ गोलले पराजीत गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपाललाई जीत दिलाउनका लागि सावित्रा भण्डारी र प्रिती राईले एक/एक गोल गरेका छन । खेलको ३८औँ मिनेटमा आत्मघाती गोलमार्फत लेबनानले अग्रता बनाएको थियो । डिबक्स अगाडिबाट डिफेन्डर पूजा रानाले दिएको ब्याक पास सिधै गोलपोष्टमा प्रवेश गरेपछि लेबनानले आत्मघाती गोल उपहार पाएको हो ।
तर लेबनान धेरै बेर अग्रता कायम राखिराख्न सफल भएन । खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै सावित्राले खेलको ७६औँ मिनेटमा गोल गरिन् भने राईले खेलको अतिरिक्त समयमा गोल गर्दै नेपाललाई २–१ को जित दिलाएकी हुन ।
अब फाइनलमा नेपालले जोर्डनको सामना गर्नेछ । यसअघि भएको पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको फाइनल खेल आगामी बिहीबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्