जनता टाइम्स

१६ फाल्गुन २०८०, बुधबार १८:४६

समृद्ध नेपाल निर्माणको अभियानमा प्रवासी नेपाली संघ, पूर्वमन्त्रीलाई प्रमुख बक्ता बनाएर जापानमा बिशेष कार्यक्रम


जापान, फागुन १६ । प्रवासी नेपाली मञ्च जापानले मुलुकको समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिकाबारे बहश गर्न लागेको छ ।

नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पदमाकुमारी अर्याललाई प्रमुख अतिथी र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापालाई बिशेष अतिथी बनाएर जापान राष्ट्रिय कमिटीले समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिकाबारे बिशेष अन्तरक्रिया आयोजना गरेको हो ।

सो अन्तरक्रियामा प्रमुख अतिथी अर्याल र बिशेष अतिथी थापाले समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि प्रवासी नेपालीहरुको भूमिकाको बिषयमा पार्टी र संगठनको अपेक्षासहित आफ्नो धारणा राख्नुहुने जापान निवासी प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य सुरेश केसीले जानकारी दिनुभयो ।

यही मार्च ३ गते आइतवार हुन लागेको सो कार्यक्रममा सहभागी हुन एमाले सचिव अर्याल र अन्तराष्ट्रिय कमिटीका अध्यक्ष थापा जापान आइपसक्नु भएको छ । प्रवासी नेपाली मञ्चले समृद्ध नेपाल : सुखी नेपाली निर्माणको राष्टि आकांक्षा पूरा गर्ने अठोटसहित प्रवासमा रहेका नेपालीलाई बुझाउने अभियान अघि बढाएको हो । सो क्रममा मञ्चले पूर्वमन्त्री तथा एमाले सचिव पदमा अर्याललाई प्रमुख बक्ता बनाएर जापानमा बिशेष कार्यक्रम आयोजना गरेको हो ।

एमाले सचिव अर्याल नेपालबाट र अध्यक्ष थापा बिश्व भ्रमणको क्रममा दक्षिण कोरियाको कार्यक्रम सकाएर जापान आइपुग्नु भएको हो । जापान भ्रमण सकिएपछि अध्यक्ष थापा स्पेनको बार्सिलोनामा आयोजना गरिएको युरोप महादेश कमिटीको प्रथम भौतिक बिस्तारित बैठक र प्रशिक्षणमा सहभागी हुन युरोप प्रस्थान गर्नुहुने कार्यक्रम छ । बार्सिलोनामा एमाले उपाध्यक्ष बिष्णु पौडेललाई प्रमुख अथिति बनाएर दुई दिने बिशेष कार्यक्रम आयोजना गरिएको छ ।