जनता टाइम्स

१७ फाल्गुन २०८०, बिहीबार १५:०५

एनआरटी केपी ओली कपको फाइनलमा


काठमाडौं, १७ फागुन । न्यूरोड टिम (एनआरटी) जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

एनआरटीको जितमा संजीव विष्टले २ गोल गरेका थिए भने विवेक गुरुङले एक गोल गरेका थिए । अब एनआरटीले फाइनलमा मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल आगामी शनिबार हुँदैछ ।