जनता टाइम्स

१८ फाल्गुन २०८०, शुक्रबार ००:०७

टाइब्रेकरमा चुक्यो नेपाल, जोर्डनको पोल्टामा गयो वाफ च्याम्पियनसिपको उपाधी


काठमाडौं, फागुन १७ । वाफ वुमन्स च्याम्पियनसिपको उपाधि चुम्नबाट नेपाल चुकेको छ। आज राति भएको फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा पराजित भयो ।

यसअघि अन्तिम समयमा गोल गर्दै नेपाल बरावरीमा पुगेको थियो । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि टाइब्रेकरबाट नजिता निकालिएको हो । नेपालले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै नेपालले २–२ गोलको बराबरीमा खेल पुर्याएको थियो ।

पहिलो गोल नेपालले अग्रता लिए पनि ७३औं मिनेटमा जोडनले पहिलो गोल फर्काउँदै खेल बरावरीमा लिएको थियो । यस्तै ८८ औँ मिनेटमा गोल गर्दै जोर्डन खेलमा २–१ गोलले अगाडि बढेको थियो। नेपालले इन्जुरी टाइममा गोल फर्काउँदै बराबरी तुल्याएको हो । तरटाइब्रेकरमा चुक्दा उपाधी चुम्न सकेन ।