जनता टाइम्स

१९ फाल्गुन २०८०, शनिबार ११:३८

मिसन ८४ सफल पार्न एमालेका सवै नेता कार्यकर्ताले तोकिएको जिम्मेवारीबाहेक सवै पूरा गर्ने प्रबृत्ति त्याग्नुपर्छ


काठमाडौं, फागुन १९ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले ५१ प्रतिशत जनमतसहित बहुमतको सरकार बनाउने मिसन ८४ को नारालाई सफल पार्न आफैमा रुपान्तरण पहिलो सर्त रहेको प्रष्ट पार्नुभएको छ ।

प्रेस चौतारी उदयपुरले आयाजना गरेको कार्यक्रममा केन्द्रीय अध्यक्ष बस्नेतलले दिमागमा कायम रहेको सामन्ती सोचको बन्ध्याकरणसहित आफैमा रुपान्तरण नै मिसन ८४ सफल पार्ने मुल हतियार रहेको बताउनु भयो ।

‘सवैको मुखमा मिसन ८४ मिसन ८४ झुन्डिएको छ । के हो मिसन ८४ ? चुनाव हुने बर्ष भएकोले भनिएको हो ? कि त्यसभित्र स्पष्ट मार्गचित्र छ ? भन्दा देश बनाउने योजनासहितको स्पष्ट मार्गचित्र छ । हामी गर्न सक्छौं भनेर नै पार्टीले मिसन ८४ को नारा तय गरेर अभियान चलाएको हो,’ अध्यक्ष बस्नेतले भन्नुभयो, ‘चुनावमा बहुमत प्राप्त गरी एमालेको एकल सरकार गठन गर्न मिसन ८४ भनिएको हो । यो काम धेरैलाई निकै असंभव पनि लाग्न सक्छ, तर हामीले आफैलाई सच्याउने हो भने यो काम संभव छ, निकै सहज पनि छ, ।’

अध्यक्ष बस्नेतले मिसन ८४ सफल बनाउन एमालेका सवै तहका नेता कार्यकर्तामा रुपान्तरण र धरातलीय यथार्थलाई स्वीकार गर्ने दृढ संकल्प आवश्यक रहेको तथ्य पनि औल्याउनु भयो । ‘पार्टी अध्यक्षले भिजन दिनुभयो, मिसन तय गरेर गोल हान्ने योजना पनि बनाउनु भयो । अव त्यो मिसन, भिजन टार्गेट र गोलका लागि सवै तहका नेता कार्यकर्ता तयार हुनुपर्छ, हामी आफैभित्र जवर्जस्त रुपमा मौलाएको तोकिएको जिम्मेवारीबाहेक सवै पूरा गर्ने कुसंस्कार हटाउनु नै मिसन ८४ का लागि तयार हुनु हो,’ बस्नेतको भनाई थियो ।

‘तोकिएको जिम्मेवारीबाहेक सवै पूरा गर्ने अहिलेको हाम्रो कार्यशैली र मबाहेक सवै रुपान्तरण हुनुपर्छ भन्ने दिमागमा जकडिएको सामन्ती सोच फाल्न सकियो भने आगामी निर्वाचनमा हामीलाई कसैले पराजीत गर्न सक्दैन, मिसन ८४ का लागि हामीले आफैलाई सुधार्न जरुरी छ, बस्नेतले भन्नुभयो । उहाँले पछिल्लो समय नेकपा एमालेमा पनि हरेक बिषयमा अफ्नो ब्यक्तिगत स्वार्थका लागि पार्टी अध्यक्षलाई नै बिवादमा पार्ने गम्भीर रोग लागेको भन्दै नेतृत्वको रक्षा गर्न नलाग्नेहरुले कुनै पनि कुराको नेतृत्व गर्न नसक्ने निश्कर्ष पनि सुनाउनु भयो ।

उहाँले त्यसको लागि एमालेका नेता कार्यकर्ताको व्यवहारमा सुधार, सहकार्य र सहअस्तित्व जरुरी रहेको पनि बताउनु भयो । उहाँले पार्टी र जनवर्गीय संगठनका नेता कार्यकर्ताले तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने र गुटबन्दी त्याग्नु पर्ने पनि बताउनु भयो । समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्न नेपालको भूगोलभित्र बस्ने मात्र होइन नेपाल बाहिर बस्ने नेपालीलाई पनि समेट्नु पर्ने उहाँले बताउनु । जसले यो अवधारणा ल्याएको हो, त्यसको नेतृत्व उसैले अर्थात एमालेले नै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसको लागि सबैभन्दा पहिलो एमालेका सवै तहका नेता कार्यकर्ता एकजुट भएर अघि बढ्नु पर्ने बस्नेको भनाइ छ ।

मुलुकको ७७ वटै जिल्ला नबनी समृद्ध नेपाल संभव नहुने भन्दै बस्नेतले केपी ओलीकै नेतृत्वमा यो काम पूरा हुने ठोकुवा गर्नुभयो । ‘७७ वटै जिल्ला नबनीकन समृद्ध नेपाल बन्दैन, समृद्ध नेपालबिना सुखी नेपाली सम्भव छैन,’ बस्नेतले भन्नुभयो । यस कामका लागि एक अर्कासँग सहकार्य गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनभयो । अध्यक्ष बस्नेतले पछिल्लो सयय व्यवस्थाकै विरुद्धमा आक्रमण भइरहेको बताउँदै सवै एकजुट भएर प्रतिवाद गर्न जरुरी रहेको बताउनु भयो । ब्यवस्था फाल्न र समृद्धिका सपना तुहाएर सधैभरी गरिवहरुको देश हो भन्ने भाष्य स्थापित गर्नका लागि संविधान र एमाले अध्यक्ष केपी ओलीको विरोध भइरहेको तथ्य पनि बस्नेतले औंल्याउनु भयो ।

‘संविधान नपचेका शक्ति, संघीय लोकतान्त्रिक गणतन्त्रलाई नस्विकार्ने शक्ति मात्रै होइन, बिदेसीले कानमा हालिदिएको चिनीको चास्नीमा परेका संविधान ल्याउन भूमिका निर्वाह गर्ने शक्तिहरु पनि अहिले केपी ओलीको विरोधमा सवै अस्त्र निकालेर उत्रिएका छन्, त्यसमा मलजल गर्ने काम हाम्रो दक्षिणतिरको छिमेकीले गरिरहेको छ’, बस्नेतले भन्नभयो, ‘केपी ओलीको बिरोध देश बनाउन लागेको कारण भएको हो, राष्ट्रियताको पक्षमा दृढतापुर्वक उभिएको कारण भएको हो । केपी ओलीलाई कमजोर नबनाई नेपाल बनाउने अभियान रोक्न सकिदैन भन्ने निश्कर्षका साथ उहाँको बिरोध भएको हो । केपी ओलीमाथि आक्रमण हुँदा चुपचाप बस्नेहरु नेपाली आमाका असल छोराछोरी हुन सक्दैनन, नेपाली आमाका असल छोराछोरी नै हुन नसकेकाहरु एमाले हुनसक्ने कुरै भएन । घाम जत्तिकै छर्लंग यत्ति प्रष्ट सच्चाइलाई बुझेर पनि बुच पचाउने काम कसैले नगरौं ।’

उहाँले संविधान जारी गर्दा नेतृत्वदायी भूमिका निर्वाह गरेको, देश निर्माणको सन्दर्भमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, छिमेकीको मिचाहा प्रवृत्ति र नाकाबन्दीको विरुद्ध आँखा जुधाएर कुरा गरेको, देशको सार्वभौमिकता, सार्वभौमसत्ता, अखण्डताको पक्षमा अटल भएर उभिएको कारण नै एमाले अध्यक्ष ओलीको विरोध भएको सत्यलाई अन्देखा गर्नेअरु सच्चा नेपाली हुन नसक्ने उहाँको भनाई थियो ।

केपी ओलीको बिरोध देश बनाउन लागेको कारण भएको हो, राष्ट्रियताको पक्षमा दृढतापुर्वक उभिएको कारण भएको हो । केपी ओलीलाई कमजोर नबनाई नेपाल बनाउने अभियान रोक्न सकिदैन भन्ने निश्कर्षका साथ उहाँको बिरोध भएको हो । केपी ओलीमाथि आक्रमण हुँदा चुपचाप बस्नेहरु नेपाली आमाका असल छोराछोरी हुन सक्दैनन, नेपाली आमाका असल छोराछोरी नै हुन नसकेकाहरु एमाले हुनसक्ने कुरै भएन 

अध्यक्ष बस्नेतले नेकपा एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवादकै कारण मुलुकमा परिवर्तन संभव भएको तथ्य पनि औल्याउनु भयो । ‘राजतन्त्रलाई मन्दिरमा राखिएको देवता समान मान्ने, छुनै नहुने, चलाउनै नहुने ठान्ने नेपाली कांग्रेस जनताको बहुदलीय जनवादको कारण गणतन्त्रमा जान सहमत भएको हो, यस्तै बन्दुकको नालबाट मात्र शासन सत्ता प्राप्त हुन्छ भन्ने मान्यताको साथ हिंसात्मक आन्दोलनमा लागेको माओवादी पनि प्रचण्ड पथलाई त्यागेर जनताको बहुदलीय जनवादलाई स्विकारेर २०६२/०६३ को आन्दोलनमा सहभागी हुन आइपुगेको हो, न्त्यसैले अव देश बनाउने काम पनि एमालेकै नेतृत्वमा मात्र संभव छ,’ बस्नेतले भन्नुभयो ।

नेकपा एमालेको पहिलो सरकारले २०५१ सालमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिएर लोककल्याणकारी राज्य के हो भन्ने स्थापित गरेको भन्दै बस्नेतले मुलुक र जनताको हितमा एमाले नेतृत्वको सरकारले मात्रै काम गरेको सच्चाइ पनि सवैलाई बुझाउनु पर्ने बताउनु भयो । जनताको बहुदलीय जनवादको सार भनेकै समृद्ध नेपाल, सुखी नेपाली भएको बताउँदै बस्नेतले थप्नुभयो, ‘केपी ओलीको नेतृत्वमा अघि बढेको समृद्ध नेपाल निर्माणको अभियानबाट नेपाल बन्छ, अव कसैको हैकम मान्दैन भन्ने सच्चाइलाई बुझेर नै नेपालको प्रगति र समृद्धिको विरुद्धमा रहेका देशी, विदेशी शक्तिहरु नेकपा एमाले र केपी ओलीबिरुद्ध खनिएको र अनेकन प्रकारण आक्रमण गरिरहेका छन, एमाले कै नेता कार्यकर्ताले पनि यत्ति सफाचट कुरा नबुझ्ने भुल गर्नुहन्न ।’

पछिल्लो समय बिदेसीकै योजनामा पुराना पार्टी सबै एकै हुन भन्ने प्रचार गरिँदै आएको भन्दै बस्नेतले अहिलेको गठबन्धन सरकारले गरेको जनतामाथिको गद्धारीका कारण यही मौका छोपेर व्यवस्था विरोधीहरू भ्रम फिँजाएर व्यवस्था फाल्न सकिन्छ कि भन्ने अभियान चलाइएको तथ्य पनि राख्नुभयो । ‘मुलुकलाई बनाउन नदिनको लागि, मुलुकलाई समृद्धिको बाटोमा जान नदिनको लागि, मुलुकमा अस्थिरता कायम गर्नका लागि ती शक्तिहरू पुराना दल काम लाग्दैनन, सवै एकै हुन भनिरहेका छन, जनतामा भ्रम फिँजाउँदै छन्, यो कुरा चिर्दै हामीले तथ्यको आधारमा जनतालाई बुझाउन जरुरी छ, त्यो भ्रमलाई चिर्न आवश्यक छ’, बस्नेतले भन्नुभयो ।

अध्यक्ष बस्नेतले प्रदेश अधिवेशन र हाल चलिरहेको पार्टीको जिल्ला अधिवेशनका क्रममा एमालेभित्र कतिपय ठाउँमा देखिएको प्रबृत्तिले पार्टीलाई हित नपुग्ने बताउनु भयो । यस्ता गलत प्रबृत्तिले संगठन बनाउने होइन, सिद्ध्याउने काम गर्ने उहाँले बताउनु भयो ।