कांग्रेस सभापति शेरबहादुर देउवाले महा धोकेवाज र फटाह किटानी गर्दै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बदला लिएरै छाडने कसम खानुभएको खुलासा भएको छ ।
काठमाडौं, फागुन २४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘धोकेवाज र फटाहा’ घोषणा गर्दै बदला लिएरै छाडने कसम खानुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति देउवाले तीन दलका नेताहरुसँगको छलफलमा ‘धोकेवाज प्रचण्डसँग बदला लिएरै छाडने’ कसम खानुभएको हो ।
प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ समीकरण बनाउनु भएपछि देउवा निकै आक्रोशित बन्नुभएको छ । उहाँले माओवादीसँग सवै सम्बन्ध तोडेको घोषणासहित आफ्नो मुख्यमन्त्री रहेको प्रदेशमा माओवादीका मन्त्रीहरु बर्खास्त गर्न लगाउनु भएको छ भने माओवादी मुख्यमन्त्री रहेको प्रदेशमा सरकारबाट कांग्रेस बाहिरिएको छ । प्रचण्डले शतप्रतिशत झुटो बोलेर गठबन्धन तोडेको भन्दै देउवाले बदला लिने कसम खानुभएको बैठकमा सहभागी नेताहरुको भनाई छ ।
प्रधानमन्त्री दाहालसँग बदला लिने काम देउवाले अघि बढाइसक्नु भएको छ । प्रधानमन्त्री दाहालले गठबन्धन तोडेलगत्तै देउवाले आफ्ना दूतमार्फत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बन्न अफर गर्नुभएको थियो । अघिल्लोदिनसम्म आफ्नो फोनको रेस्पोन्ससमेत नगर्ने देउवाको सोप्रस्तावलाई ओलीले इग्नोर गरेपछि उहाँले रास्वपाका अध्यक्ष रबि लामिछाने हुँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्मलाई भेटेर प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभयो ।
सत्ता गठबन्धनको बहुमत पुग्न नदिन देउवाले यो कदम चाल्नुभएको थाह पाएर एमाले अध्यक्ष ओलीले मन्त्रत्रालय बाँडफाँटमा कुनै दावी नगरेर प्रधानमन्त्री दाहाललाई सजिलो बनाइ दिनुभयो ।मधेशवादी दल र रेशमलाल चौधरी नेतृत्वको नागरिकउन्मुक्ति पार्टीलाई आफ्नो साथमा राख्ने रणनीतिसहित छलफल गर्नुभएको छ । देउवाले मधेसवादी दसहित नेकपा एकीकृत रोक्ने प्रयाश गर्नुभएको थियो । तर नेपालले देउवाको भनाईमा बिश्वास नगरी नयाँ गठबन्धनतिर आउनु भएपछि उहाँप्रति पनि देउवा आक्रोशित बन्नुभएको बैठकमा सहभागी एक नेताले जनताटाइम्स डटकमलाई बताए । ती नेताका अनुसार मुखैमा आएको प्रधानमन्त्री छाडेर माधव प्रचण्ड र ओलीतिरै टाँसिएको भन्दै उहाँमाथि पनि बेइमानको संज्ञा दिनुभएको छ ।
२७५ सदस्यीय संसदमा बहुमतका लागि १३८ सांसद चाहिन्छ । सबभन्दा ठूलो दल कांग्रेसका ८८ सांसद छन भने राप्रपासँग १४, जसपासँग १२, एकीकृत समाजवादीसँग १०, जनमत पार्टीसँग ६, नागरिक उन्मुक्ति पार्टीसँग ४, लोसपासँग ४, राष्ट्रिय जनमोर्चासँग रहेको १ सिट जोड्दा १३८ पुग्छ । तर नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेको कारण देउवाले निकालेको सो गणित तत्कालका लागि कामयावी हुन नसकेको हो ।
एकीकृत समाजवादीले प्रचण्ड सरकारमा जाने निर्णय गरेसँगै देउवाको आजको प्रयासले सफलता नपाएको हो । तर पनि यो प्रयाश जारी राख्ने घोषणा देउवाले गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले सोमबार कांग्रेस गठबन्धन छाडेर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग नयाँ गठबन्धन बनाउनु भएको हो । गठबन्धनमा आजबाट नेकपा एकीकृत समाजवादी पनि थपिएको छ ।
एकीकृत समाजवादी सरकारमा सहभागी भएसँगै सरकारको प्रष्ट बहुमत पुगेको छ भने उपेन्द्र यादव र सिके राउतलाई पनि ल्याउने प्रयाश जारी रहेको छ । प्रधानमन्त्री दाहालले कांग्रेससँग गठबन्धन बनाएर चुनाव लडे पनि २०७९ पुस १० गते एमालेसँग गठबन्धन गर्नुभएको थियो । तर पु २६ मा पुग्दा विश्वासको मत दिएर देउवाले सत्ताको ढोक्सा थाप्नुभएकोमा सफल हुनुभएको थियो । फागुनमा राष्ट्रपति निर्वाचनसम्म पुग्दा पुरानै गठबन्धन ब्यूँताउन देउवा सफल हुनुभएको थियो । तर प्रधानमन्त्रीले एकाएकगठबन्धन तोडेपछि देउवा निकै आक्रोशित बन्नुभएको हो ।
‘धोकेबाज मात्र होइन, राजनैतिक बेइमानी पनि हो, त्यसलाई बदला लिएरै छाडछु, बदला त लिन्छु-लिन्छु-लिन्छु,’ लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रेशमलाल चौधरीसँगको छलफलमा देउवाको कसम उधृत गर्दै सहभागी एक नेताले जनताटाइम्स डटकमसँग भने । ती नेताका अनुसार अव जीवनभर प्रचण्डजस्तो धोकेवाजसँग सहकार्य नगर्ने कसम पनि खानुभएको छ । देउवाले आज अपराह्न आफ्नै निवास बूढानीलकण्ठमा लोसपा, जनमत र नाउपाका अध्यक्षसँग छलफल गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्