जनता टाइम्स

७ आश्विन २०७६, मंगलवार १७:५७

कश्मीर केन्द्रबिन्दू बनाएर ६.१ रेक्टरको भुकम्प, ठुलो धनजनको क्षतिको अनुमान


नयाँ दिल्ली, असोज ७

पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी नजिकै केन्द्रबिन्दू बनाएर शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेका अनुसार पाकिस्तान प्रशासित कश्मीरको रावलपिण्डी केन्द्रविन्दू बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

भुकम्पको प्रारम्भिक खवर अनुसार अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । टेलिभिजनमा देखाइएको तस्विर अनुसार पक्की सडकहरु चिरा चिरा परेका छन् । मानिसहरुमा त्रास देखिएको छ भने सर्वसाधारणहरु सडकमा आएका छन् । भारतीय राजधानी दिल्लीसहितका ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।