काठमाडौं, फागुन २६ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेशदेखि बिदेशसम्म रहेका महिला नेतृ तथा अगुवाहरुले नेपाली महिला आन्दोलनको सवल र दुर्वल पाटोबारे खुलेर आफ्नो मनको कुरा खालेका छन । नारी दिवसको अवसरमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी महिला बिभागले जुममार्फत आयोजना गरेको बिशेष अन्तरक्रियामा महिला नेतृ तथा अगुवाहरुले आफूले भोगेको थरीथरीका समस्याहरु किटानी गरेर आफ्नो धारणा राख्नुभएको हो ।
कार्यक्रममा बक्ताहरुले समस्याको पहिचानसँगै समाधानको उपायसमेत सुझाउनु भयो । कार्यक्रममा महिला अगुवाहरु कमला पराजुली, कमला ओली शिवाकोटी, कमला ओली थापा, प्राडा. रिता ढुंगेललगायतका अभियन्ताहरुले नेपाली महिला आन्दोलनले महत्वपूर्ण उपलब्धी हासिल गरेको तथ्य राख्दै महिला भएकै कारण आफूहरुले स्वदेश तथा बिदेशमा भोगेको समस्याबारे खुलेर मनको कुरा राख्नुभयो । उहाँहरुले बिषय केन्द्रित गरेर कार्यक्रम आयोजनाका लागि प्रवासी नेपाली मञ्चलाई धन्यवाद दिँदै महिलामा लगानी बढाउन अनिवार्य भएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले नेपालमा महिलाले प्राप्त गरेको अधिकार र उपलब्धी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको देन रहेको तथ्य औल्याउनु भयो ।‘नेपालमा महिलाले प्राप्त गरेको अधिकार र उपलब्धी पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीको देन हो । धेरै उपलब्धी र परिणामहरु आएका छन, अधिकार खोज्दै गर्दा यो उपलब्धीहरुलाई हामीले आत्मसाथ गर्नुपर्छ । अनि थप उपलब्धीका लागि लडाईं लडनुपर्छ । महिलाहरुको उपस्थिति एकदमै राम्रो ढंगले भइरहेको छ । राजनीतिक क्षेत्रमा मात्रै होइन, हरेक क्षेत्रमा महिलाको उपस्थिति राम्रो हुँदै गएको छ,’ कार्यक्रममा अध्यक्ष पराजुलीले भन्नुभयो ।
पूर्वराष्टपति भण्डारीले सांसदका रुपमा रहँदा संसदबाट महिलालाई ३३ प्रतिशत अधिकार अनिवार्य हुनुपर्ने प्रस्ताव दर्ता गर्नुभएको थियो । भण्डारीको सोही संकल्प प्रस्ताव पारित भएको र त्यो प्रस्तावअनुसार संबिधानमै ब्यवस्था गरिएकोले महिलाले सो अधिकार पाएको पराजुलीको भनाई थियो । पूर्वराष्ट्रपति भण्डारीको त्यही निर्णायक कदमको परिणाम आज हरेक क्षेत्रमा महिलाको सहभागिता बिश्वमै उदारहणीय बन्न पुगेको भन्दै पराजुलीले कार्यान्वयनको तहमा भने अझै थुप्रै काम हुन बाँकी रहेको बताउनु भयो ।
उहाँले नेपाली महिला आन्दोलनको इतिहास र नेतृहरुको बिषयमा समेत सबिस्तार चर्चा गर्नुभएको थियो । कार्यक्रमका अर्की बक्ता राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समितिकी सदस्य संरक्षण कार्यक्रमकी सदस्य कमला ओली शिवाकोटीले महिलाभित्र पनि श्रमिक र कमजोर महिलाको पक्षमा आवाज उठाउन जरुरी रहेको आवश्यकता औल्याउनु भयो ।
‘आप्रवासी श्रमिक महिला, घरेलु श्रमिक महिलाको आवाजलाई सुन्छ कि सुन्दैन ? यस्को बिश्लेषण गर्दै हामीले समाजवादी धारको दृपष्टकोणबाट हेर्नुपर्छ । श्रमिकको हितमा सधै आवाज उठनुपर्छ । उनीहरुको श्रमको ग्यारेण्टी गर्नुपर्छ,’ शिवाकोटीले भन्नुभयो, ‘श्रमिकको पक्षमा लाग्नुपर्छ, घरेलु र आप्रवासी श्रमिकको पक्षमा हरहमेसा आवाज उठाउनु पर्छ । हामी सवै यही काममा लागौं,’ उहाँको भनाई थियो । शिवाकोटीले नेपालमा पूर्वराष्ट्रपति बिद्या भण्डारीले अघि सार्नुभएको कामले धेरै बिपन्न महिलाको ज्यान जोगिएको तथ्य पनि औल्याउनु भएको थियो ।
भौगोलिक अवस्थाले समेत महिलामा असर पारेको भन्दै उहाँले भौगोलिक अवरोधले महिलाको सवै क्षेत्रको प्रगतिमा अवरोध सिर्जना गर्ने गरेको बताउनुभयो । ‘डेरा बसेर पढनका लागि छोरीलाई नपठाउने चलन अझै पनि कर्णाली र सुदुरपश्चिममा कायम छ । जस्ले शिक्षा हासिल गर्ने कुरामै बाधा पर्यो । शिक्षामा कमजोर भएपछि सवै कुरामा पछाडि परे,’ शिवाकोटीले भन्नुभयो, ‘भौगोलिक कारणले अस्पतालमा उपचार गराउन नपाएर गर्भवती महिलाले ज्यान गुमाउनु परेको तथ्य अझै हामीसामू छ । भौगोलिक बिकटताले मानिसको जीवनमा ठूलो बाधा र अडचनको रुपमा रहन्छ ।’ आफ्नो सम्बोधनको क्रममा उहाँले स्वदेश फर्केर आउ भन्ने कबितासमेत बाचन गर्नुभएको थियो ।

कार्यक्रममा प्राध्यापक डाक्टर रिता ढुंगेलले महिलामा लगानी अनिवार्य भएको तर ब्यवहारमा कार्यान्वयनका लागि महिलाभित्रैकायम रहेको बिभेदसमेत अन्त्य हुनुपर्ने आवश्यकता औल्याउनु भयो । ‘महिलामा लगानी भएकै छैन, त्यसैले लगानी बढाएर सभ्य र समुन्नत समाज निर्माण गरौं भन्ने कुरा सही छ । तर हामीले बुझ्नुपर्छ कि महिलाभित्रै पनि बिभेद छ । त्यस्को अन्त्य गर्नुपर्छ,’ डा. ढुंगेललेभन्नु भयो, ‘महिलाभित्रै पनि मौलाएको महिला हिंसालाई अन्त्य गर्न जरुरी छ । हामीबाट जेण्डर बेस भ्वाइलेन्स भएको छ त्यसलाई हटाऔं ।‘
उहाँले जेन्डर के हो भन्ने बिषयमा अभियन्ताहरुमै समस्या रहेको अनुसन्धानले देखाएको भन्दै पहिला यस्को बुझाइमा प्रष्टता हुन जरुरी रहेको बताउनु भयो । उहाँले जेन्डर बेस एनालाइसिस प्लस भन्ने फ्रेमवर्क अध्ययन नगरेसम्म आफूलाई सुधार गर्न नसक्ने भन्दै आफैमा परिवर्तन ल्याउन सो बिषयको अध्ययन गर्न सुझाउनु भयो।
यस्तै राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओली थापाले सूचनाको अभावमा महिलाले झेल्नुपरेको समस्याको बिषयमा केन्द्रित रहेर आफ्नो धारणा राख्नुभयो । नेपाली महिलाहरु अझै आफ्नो अधिकार र सूचना लिने बिषयमा अनबिज्ञ रहेको भन्दै उहाँले अधिकारका लागि लडने क्षमताको बिकास जरुरी रहेको बताउनु भयो । ‘महिला हिंसाको ट्रे्ण्ड पनि फेरिएको छ, भौगोलिक अवस्थादेखि सामाजिक परिवेशले यस्को निर्धारण गरिरहेको छ, पुरुषलाई समेत साथ लिएर महिला शसक्तिकरण र बिकासमा हामी लाग्न जरुरी छ,’ थापाले भन्नुभयो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले मञ्च महिलामा लगानी भन्ने नारालाई सार्थक बनाउन लाग्ने प्रतिवद्धता जनाउनु भयो । आफूहरु भाषणमा भन्दा काममा बिश्वास गर्ने भएको भन्दै अध्यक्ष थापाले अव महिला बिभागमार्फत नै महिला सशक्तिकरणको अभियान अघि बढाउने जानकारी दिनुभयो । ‘महिलामा लगानी गर भन्ने नारालाई सार्थक बनाउने काममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी लाग्छ । यो अभियानलाई अघि बढाउन र प्रवासमा रहेका महिलाको क्षमता बढाउनका लागि महिला बिभागले कार्यक्रम बनाउनोस, साधन स्रोतको ग्यारेण्टी हामी गर्छौं । साधन स्रोतका कुनै कमी हुन नदिने कुराको ग्यारेटी गर्छु,’ अध्यक्ष थापाले भन्नुभयो ।
उहाँले प्रवासमा रहेका सवै महिलाको बीचमा पुग्न महिला बिभागलाई निर्देशनसमेत दिनुभयो । ‘महिलाको समस्यामा सवैभन्दा पहिला हाम्रो प्रवासी नेपाली मञ्चको महिला बिभाग पुगोस, पीडामा परेका, समस्यामा परेका सवै महिलाले हामीलाई सघाउने रसहयोग गर्ने संस्था प्रवासी नेपाली मञ्च हो भन्ने अनुभुति पाउने गरी काम गर्नाेस । प्रवासमा रहेका सवै महिलाको बीचमा हाम्रो महिला बिभाग पुगोस र उहाँहरु सवैको बिश्वास जित्ने काम गरोस,’ अध्यक्ष थापाले भन्नुभयो ।
यस्तै प्रवासी नेपाली मञ्च सल्लाहकार परिषदका प्रमुख भक्त गुरुङले महिलामाथि प्रवासी नेपाली मञ्चमै रहेका नेताहरुबाट समेत हिंसा भएको र नेपालमा पनि नेताहरुबाट हिंसा भएको कुरा कार्यक्रममा उठेको भन्दै सो बिषयमा संगठन गम्भीर रहेको बताउनु भयो । उहाँले यस्ता गतल प्रबृत्तिप्रति संगठन गम्भीर रहेको भन्दै सच्याउन प्रयत्नरत रहेको जानकारी दिनुभयो । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी महिला बिभाग प्रमुख कुन्ती थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रवासमा रहेका महिला नेतृहरुले बिभिन्न समस्याबारे जानकारी दिनुभएको थियो । आफैले भोगेको र समाजमा देखापरेको बिकृतीलाई औंल्याउँदै नेतृहरुले नेपाली समुदायाटै हिंसाको शिकार हुने घटना बढेकोमा चिन्ता जनाउनु भयो ।

कार्यक्रममा लण्डनमा बस्दै आउनु भएकी एमाले केन्द्रीय सदस्य तारादेवी राई, प्रवासी नेपाली मञ्च महिला बिभागकी उपप्रमुख मिना थापासहित प्रवासमा रहेर काम गर्दै आउनु भएका महिला क्षेत्रकै अगुवाहरु मनिता ढुंगाना, रेनु कार्की, निर्मला ढकाल, चण्डिका ओलीलगायतका बक्ताहरुले महिलामा लगानीले आत्मबिश्वास बढाउने र हिंसाको प्रतिवाद गर्न सहयोगी बन्ने बताउनु भयो । उहाँहरुले आफ्नो महादेशको समस्या र नेपाली समुदायमा भित्रिएको बिकृतीबारे पनि खुलेर आफ्नो धारणा राख्नुभयो ।
झण्डै चार घण्टा सञ्चालन भएको सो कार्यक्रमको सहजीकरण मञ्चकी महिला बिभाग सचिव सरिता भट्टराईले गर्नुभएको थियो भने स्वागत अन्तराष्ट्रिय कमिटीका सदस्य तथा बिभागकी उपप्रमुख जानकी कार्कीले गर्नुभएको थियो । चर्चित गायक शिशिर योगीले निकै मार्मिक गीत गाउँनुभएको सो कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा, उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेल, उपसचिव कर्ण शाक्य, सचिवालय सदस्यहरु प्रभु थापा, कमलमणि गुरागाई, भक्त वाग्ने, भक्त गुरुङ, बिमला भण्डारीसहित मञ्चका नेताहरु र प्रवासमा रहेर सामाजिक काममा र मञ्चको गतिबिधिमा सक्रिय रहेका अभियन्ताहरु सहभागी हुनुभएको थियो ।
कार्यक्रमको अन्तमा महिला बिभाग प्रमुख तथा सभापति थापाले सवैलाइ धन्यवादसहित अव कामको रफ्तार तीब्र ढंगले अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्