एमालेले गृह र अर्थ नपाएपछि विष्णु पौडेल सरकारमा गएनन, उच्च नैतिकता देखाए । हाम्रो कमरेड नारायणकाजी आफूलाई क्रान्तिकारी भन्नुहुन्छ तर हाम्रो कमरेडका नैतिकता कस्तो हो ? गृह नपाएपछि पनि परराष्ट्रमा जानुभयो । कहाँ गयो उहाँको त्यो क्रान्तिकारी नैतिकता ?’
काठमाडौं, फागुन २८ । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई आफ्नै सांसदले नैतिकहराम र पदबिना बाँच्नै नसक्ने मान्छे भन्दै दनक दिएका छन ।
प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाललाई धम्क्याएर नभएपछि आँसु नै खसालेर गृहमन्त्रीबाट परराष्ट्रतिर सरुवा भएपछि नारायणकाजीको हरामीपन उदांगो भएको भन्दै सांसदले बैठकमैझाँको झारेका हुन ।
कांग्रेस नेतृत्वको गठबन्धन भत्किएसँगै मन्त्रिपरिषद पुनर्गठन भएपछि शनिवार बसेको संसदीय दलमा सिन्धुपाल्चोक १ का माधव सापकोटासहितका सांसदहरुले नारायणकाजीको नैतिकतामाथि हमला गर्नुभएको हो ।
‘नारायणकाजी कमरेडको नैतिक शिक्षा पाएको पाएकै छौं, उहाँका भन्ने एउटा, गर्ने अर्कै भन्ने कुरा त सुनिएकै हो, तर यतिसारो हरामखोर र नैतिकताहीन पनि हुनुहुँदोरहेछ भन्नेचाँहि लागेको थिएन,’ शनिवार बसेको संसदीइ दलको बैठकमा प्रधानमन्त्री दाहाल र चार नम्बरका उपप्रधानी श्रेष्ठकै सामुन्नेमा सांसद सापकोटाले भन्नुभयो ।
सापकोटाले सनिवारको बैठकमा आफूहरु नारायणकाजीको नैतिक शिक्षा सुन्दासुन्दा कान पाक्ने अवस्थामा रहेको भन्दै ‘आफूबाहेक अरु कसैले अवसर पाउनुहुन्न, आफू मात्रै सधै पद ओगटेर खाइरहनुपर्छ भन्ने मान्यता बोकेका नारायणकाजीहरुबाटै थप नैतिक शिक्षा लिनुपर्ने सिएम कमरेड ?’ भन्दै जुरुक्क उठनु भएको थियो ।
सापकोटासहितका सांसदहरुले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको जस्तो नैतिकता देखाउने ब्यक्ति चाहिएको भन्दै पौडेलको प्रसंशा र नारायणकाजीमाथि गालीको बर्षा गर्नुभएको बैठकमा सहभागी एक सांसदले जनताटाइम्स डटकमलाई बताए । ‘हाम्रा क्रान्तिकारी नैतिकता भएका नारायणकाजी कमरेड पनि कास एमाले उपाध्यक्ष बिष्णु पौडेल जस्तै नैतिकता भएको पाउन पाएको भए उहाँको नैतिक शिक्षा थप सुन्न सकिन्थ्यो होला, अवचाँहि यस्ता नैतिकहीनको नैतिक शिक्षा सुन्न नपरोस,’ बैठकमा सांसदहरुको भनाई थियो ।
उनीहरुले श्रेष्ठभन्दा धेरै क्रान्तिकारी र ‘डिग्निटी’ भएको नेता बिष्णु पौडेल रहेछन भन्दै गृह र अर्थ एमालेले नपाएपछि पौडेल सरकारमा नगएको उदाहरण दिए । आफूभन्दा निकै जुनियर नेता एमाले सचिव रघुवीर महासेठ मात्रै नभई यसअघि आफूभन्दा तल्लो बरियतामा रहेका र नारायणकाजीकै शब्दमा भर्खरका केटाभन्दा पनि तलको वरीयतामा झर्न समेत तयार भएर नारायणकाजीले पार्नु पीर पारेको भनाई पनि सांसदहरुको थियो ।
सापकोटाले मन्त्री छान्ने मापदण्ड पनि नारायणकाजीमा लागू नहुनेअरुमा मात्रै लागू हुने हो भन्दै कडा प्रश्न तेस्र्याउनु भयो । ‘विगतमा हाम्रो पार्टीमा मन्त्री छान्ने २ वटा मापदण्ड थिए । कि त पार्टी कमिटीबाट निर्णय हुन्थ्यो, कि नेतृत्वले गर्थ्यो । यसपटक के आधारमा गरिएको हो ?,’ बैठकमा सापकोटाको भनाई उधृत गर्दै ती सांसदले जनताटाइम्स डटकमसँग भने, ‘हाम्रो कमरेड नारायणकाजी आफूलाई क्रान्तिकारी भन्नुहुन्छ तर एमालेले गृह र अर्थ नपाएपछि विष्णु पौडेल सरकारमा गएनन, उच्च नैतिकता देखाए । तर हाम्रो नारायाणकाजी कमरेडका नैतिकता कस्तो हो ? गृह नपाएपछि पनि परराष्ट्रमा जानुभयो । कहाँ गयो उहाँको त्यो क्रान्तिकारी नैतिकता ?’
सापकोटाले विधि पद्धतिलाई मिचेर घुर्की देखाउने, धम्की दिने र बार्गेनिङ गरेर मन्त्री पद हत्याइ रहेको भन्दै अव त्यस्तो गर्नेलाई लात हान्न अध्यक्षलाई सुझाव पनि दिनुभयो । पुनर्गठित मन्त्रिपरिषदमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने निश्चित भएका सापकोटा नारायणकाजीले मन्त्री पद छाडनै नमानेर प्रधानमन्त्रीसामू रुन थालेपछि गुमेको थियो ।
श्रेष्ठलाई मन्त्री कायमै राख्नुपरेपछि प्रधानमन्त्रीले राम्रो काम गरेकी एउटी महिलालाई चाँहि किन फाल्ने भन्दै रेखा शर्मालाई यथावत राखेपछि माधवको मुखैमा आएको मन्त्री पद गुमेको थियो ।
प्रतिक्रिया दिनुहोस्