जनता टाइम्स

८ आश्विन २०७६, बुधबार ०७:५१

आज पनि मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना, सतर्कता अपनाउन सूचित


काठमाडौं, असोज ८ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंसिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ । आगामी २४ घण्टामा केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जान सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको छ । आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर सामान्य बदली रही मध्य, पूर्व तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

यस्तै भोलि बिहीबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बिहीबार राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने तथा मध्य र पूर्वका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । शुक्रबार राति देशभर सामान्य बदली रही पूर्व, मध्य तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । पश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।