जनता टाइम्स

२९ फाल्गुन २०८०, मंगलवार २०:१८

बिदेशमा रहेका नेपालीको भ्रम टुट्यो, अवको चुनावमा रवि लामिछानेको पार्टीको अस्तित्व नै समाप्त हुन्छ


दुबई, फागुन २९ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले आगामी निर्वाचनसम्म रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्व्तन्त्र पार्टीको अस्तित्व नै सकिने ठोकुवा गर्नुभएको छ ।

प्रवासमा रहेका नेपालीले गलत बुझाईको सिकार भएर घर परिवारमा फोन गरेर रविको पार्टीलाई भोट हाल्न लगाएको तथ्य औंल्याउँदै अध्यक्ष थापाले अव प्रवासमा त्यो भ्रम सकिएकोले रविको पार्टी पनि सकिने ठोकुवा गर्नुभएको हो । अध्यक्ष थापाले प्रवासमा रहेका नेपालीमा रहेको भ्रम र आफ्नै देशको बिमानस्थलमा दिएको दुःखको रिसमा रवि लामिछानेको पार्टीलाई भोट हाल्न परिवारका सदस्यलाई बाध्य पारेकै कारण गत निर्वाचनम रास्वपा यो हैसियतमा आएको बताउनु भयो ।

‘प्रवासमा रहेका हामी सवैले यथार्थ बुझनौं, सवै पुराना पार्टी चोर हुन भन्दै हजुरबा, हजुर आमा, बाआमालाई फोन गरेर रवि लामिछानेको पार्टीलाई भोट हाल्नु भन्यौं । भोट नहाले पैसा नै पठाउँदिन भनेर धम्क्यायौं,’ प्रवासी नेपाली मञ्च युएइको दुवई राज्य कमिटीको अधिवेशनमा आफ्नो धारणा राख्दै अध्यक्ष थापाले भन्नुभयो, ‘हामी गलत कुराको प्रभावमा परेर त्यो कुरा भन्यौं । हामी सवैका बा आमा, हजुरबुवा हजुर आमाले त्यही पार्टीलाई भोट हालेर जिताए । चुनाव जितेपछि रविले जे जे नाटक देखाए, त्यस्ले हामी सवैको भ्रम टुटिसकेको छ, अव प्रवासमा भ्रम छैन, त्यसैले २०८४ को चुनावमा त्यो पार्टीको अस्तित्व नै समाप्त हुन्छ ।’

उहाँले नेपालको समृद्धिको लागि स्थिर सरकार चाहिने भन्दै अव एमालेलाई जिताउने अभियानमा सवै एकजुट बन्नुपर्ने बताउनु भयो । ‘देश बनोस, देशप्रति भन्ने हाम्रो चाहना छ, देशप्रति कर्तब्य पनि छ । त्यो कामका लागि नेपालमा स्थिर सरकार बनाउन प्रवासमा रहेका हामी सवैले मलजल गर्नुपर्छ, एमाले र कांग्रेसबाहेक अरु पार्टीलेब हुमत ल्याउनै सक्दैनन, त्यसैले हामीले प्रवासबाट एमालेको बहुमतका लागि अभियान चलाउनु पर्छ, हामी जागे त्यो काम संभव छ,’ थापाले भन्नुभयो ।

बिदेशमा बसेका हामीले नै मैले भनेको मान्नुभएन भने पैसा नै पठाउँदिन भन्यौं, त्यही कुरा मानेर भोट हालेर जिताइदिए । त्यस्को परिणाम नेपालमा अस्थिरता आयो । बहुमत ल्याउनु पर्न पार्टीको बहुमत आएन,’ थापाले भन्नुभयो, ‘अव हामीमा त्यो भ्रम हटिसक्यो । रविको पार्टी भनेको पानीको फोका जस्तै हो । यो पार्टी २०८४ को निर्वाचनमा आइपुग्दा सकिन्छ । जसरी बढ्यो त्यसैगरी घटछ । त्यो राष्ट्रिय पार्टी पनि हुन्छ कि हुँदैन, डाउट नै छ ।’

अध्यक्ष थापाले गत निर्वाचनसम्म बिदेशमा रहेका सवै नेपालीमा नयाँ पार्टीले केही गर्छ कि भन्ने गलत बुझाइ रहेकोले मुलकमा अहिले अस्थिरता छाएको तथ्यसमेत औंल्याउनु भयो ।

‘बिदेशमा बसेका हामीले नै मैले भनेको मान्नुभएन भने पैसा नै पठाउँदिन भन्यौं, त्यही कुरा मानेर भोट हालेर जिताइदिए । त्यस्को परिणाम नेपालमा अस्थिरता आयो । बहुमत ल्याउनु पर्न पार्टीको बहुमत आएन,’ थापाले भन्नुभयो, ‘अव हामीमा त्यो भ्रम हटिसक्यो । रविको पार्टी भनेको पानीको फोका जस्तै हो । यो पार्टी २०८४ को निर्वाचनमा आइपुग्दा सकिन्छ । जसरी बढ्यो त्यसैगरी घटछ । त्यो राष्ट्रिय पार्टी पनि हुन्छ कि हुँदैन, डाउट नै छ ।’

उहाँले अव एमाले जिताउने अभियानमा लाग्न पनि सुझाव दिनुभयो । ‘रबिको पार्टीमा कुनै नीति छैन । केही छैन ऊसँग । त्यसकारण अवको चुनावमा सकिन्छ,’ थापाले थप्नुभयो, ‘हामी अस्थिरताको पात्र नबनौं, स्थिर सरकार दिनका लागि एमालेलाई सहयोग गर्न प्रवासबाट दृढताका साथ भुमिका खेलौं । एमालेलाई मतदान गर्न गाउँ घरका सवैलाई फोन गरौं ।’

उहाँले रविको पार्टी त असन्तुष्टिमा पलाएको बनमारा मात्रै रहेको बताउनु भयो । ‘हुलदंगामा आएको, बिद्रोहमा आएको र असन्तुष्टिमा मौलाएको रविको पार्टीको भविश्य छैन । एमालेलाई बहुमत दिलाउनका लागि सवै प्रवासीले भूमिका खेल्नुपर्छ,’ थापाले भन्नुभयो ।

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको जति काम अरु कुनै पनि सरकारले नगरेको तथ्यसमेत राख्नुभयो । ‘केपी ओलीको सरकारले गरेको जति काम कसैले गरेको छैन । कुनै आग्रह–पूर्वाग्रह नराखी तथ्यमा आधारित भएर काम हेर्ने हो भने केपी ओली हिरो हो, अरु सवै प्रधानमन्त्री जिरो हो भन्ने सच्चाइ छर्लंग हुन्छ,’ थापाले भन्नुभयो ।