जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार १५:१४

डेनमार्कमा प्रवासी नेपाली मञ्चको बिशेष प्रशिक्षण : गठबन्धन परिवर्तनदेखि संगठन निर्माणका बिषयमा गरियो प्रशिक्षित


डेनमार्क, फागुन ३० । प्रवासी नेपाली मञ्च (ओएनएफ) ले डेनमार्कमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई बिशेष प्रशिक्षण दिएको छ ।

ओएनएफ डेनमार्कले आयोजनामा गरेको बिशेष प्रशिक्षण तथा अन्तरक्रिया कायक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रवास इञ्चार्ज डा. राजन भट्टराई र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापासहितका नेताहरुले बिशेष प्रशिक्षण दिनुभएको हो ।

सो क्रममा नेता भट्टराईले नेपालमा पछिल्लो समय भएको राजनीतिक परिवर्तनका घटना, सत्ता गठबन्धन र आगामी सरकारले चाल्ने कदमाको बिषयमा सबिस्तार जानकारी गराउनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस नेतृत्वको भ्रष्ट र अनैतिक गठबन्धन त्यागेर नयाँ अत्यन्त सही काम गरेको भन्दै भट्टराईले यो गठबन्धनको बिषयमा प्रवासमा रहेका कोही पनि भ्रममा अल्मलिन नहुने बताउनु भयो ।

‘स्पष्ट लक्ष्य र उदेश्यका साथ यो गठबन्धन बनेको हो, गठबन्धन बनाउने पनि एमाले नै हो, नेतृत्वकर्ता पनि एमाले हो,’ इञ्चार्ज भट्टराईले भन्नुभयो । उहाँले केही समयपछि नै गठबन्धनमा भएको परिवर्तनको अनुभूति सरकारले कामबाटै दिने पनि बताउनु भयो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाले प्रवासी नेपाली मञ्चको गौरुवमय इतिहासलाई अझै चम्काउन सवै राष्ट्रिय कमिटीहरुले स्पष्ट योजनाका साथ काम अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले मातृभूमि नेपालको समृद्धिका लागि राजनीतिक स्थायित्व जरुरी रहेको भन्दै अवको चुनावमा पार्टीलाई बहुमत दिलाउन प्रवासमा रहेका सवैले आफ्नो परिवार र आफन्तलाई फोन गरेर मत माग्नुपर्ने बताउनु भयो ।

‘समृद्ध नेपाल निर्माणका लागि एमालेको बहुमतसहितको सरकार आवश्यक छ, त्यसका लागि हामी प्रवासमा रहेका सवैले यसअघिको चुनावमा जसरी भ्रममा परेर नयाँ पार्टी भन्दै फोन गरेर भोट दिन बाध्य पार्ने होइन कि एमालेलाई मत मागेर बहुमत सिद्ध गराउनु भूमिका खेल्नुपर्छ,’ अध्यक्ष थापाले भन्नुभयो । उहाँले मञ्च यतिबेला स्पष्ट योजनासहित संगठन बिस्तार र सुद्धिकरण सुदृढीकरण अभियानमा रहेकोले त्यसैअनुसार अघि बढन निर्देशन पनि दिनुभयो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सदस्य सन्तोष भटराईले पनि सम्वोधन गर्नुभएको थियो । प्रवासी नेपाली मञ्च, डेनमार्कका अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युरोप कमिटीका प्रचार बिभाग सचिव रोविन कार्कीले गर्नुभएको थियो । सोही प्रशिक्षण कार्यक्रममा नया सदस्यहरुलाई पशथग्रहण गराइएको थियो ।