जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार १६:३०

प्रवासी नेपाली मञ्च ह्याम्बर्ग जर्मनीको अध्यक्षमा कमल थापा, यी हुन पदाधिकारी र सदस्य (सुचीसहित)


जर्मनी, फागुन ३० । प्रवासी नेपाली मञ्च ह्याम्बर्ग क्षेत्रीय कमिटी जर्मनीको अध्यक्षमा कमल थापा चयन हुनुभएको छ । आज सम्पन्न छटौं अधिवेशनबाट थापा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

अधिवेशनले उपाध्यक्षमा द्वारिका थापा, सचिवमा मनोज रायमाझी र कोषाध्यक्षमा सजिता प्रसाईंलाई चयन गरेको छ । यस्तै अधिवेशनले बिजय घिमिरे, गायत्री गिरी, बिकास रावत र डिम्पल पौडेललाई सदस्य चयन गरेको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रवास इञ्चार्ज डा. राजन भट्टराई प्रमुख अतिथी र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिशेष अतिथी रहनुभएको सो अधिवेशनको उदघाटन ताली बजाएर गरिएको थियो । अधिवेशनमा आफ्नो धारणा राख्ने क्रममा भट्टराईले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिनुभएको थियो ।

यस्तै अध्यक्ष थापाले प्रवासी नेपाली मञ्चले सञ्चालन गरेको अभियान र आगामी दिनमा गर्नुपर्ने कामबारे निर्देशन दिनुभएको छ । अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य तथा जर्मनीका संस्थापक अध्यक्ष सन्तोष भट्टराईले नयाँ नेतृत्वले गर्नुपर्ने कामको बिषयमा सुझाव दिनुभएको थियो ।

सो क्रममा बक्ताहरुले प्रवासमा भोग्नुपरेको समस्या समाधानदेखि मातृभूमि नेपालको समृद्धिसम्मका बिषयमा प्रष्ट पार्ने काम भएको छ । प्रवासी नेपाली मञ्च ह्याम्बर्गका अध्यक्ष यज्ञ प्रसाईको अध्यक्षता, जर्मनी राष्ट्रिय कमिटीका सचिव सनत गौतम सञ्चालनमा सम्पन्न अधिवेशनमा स्वागत राष्ट्रिय कमिटी सदस्य सरोज पौडेलले गर्नुभएको थियो ।