दाङ, बैशाख २२
उच्च अदालत तुल्सीपुरको इजलासमा कार्यरत नायव सुब्बा नै घुससहित पक्राउ परेका छन । उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलास बाँकेमा कार्यरत एक नायव सुब्बा तीन लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार टाइपिस्ट नासु कृष्णकुमार पाठक अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गर्ने भन्दै घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
उनलाई सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा चारबाहिनी चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । न्यायालयमा घुस लिने क्रम बढेको जनगुनासो आएपछि अख्तियारले बिशेष चासो दिएपछि पछिल्लो समय न्यायालयबाट घुससहित पक्राउ पर्ने क्रम बढदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्