जनता टाइम्स

२ चैत्र २०८०, शुक्रबार ०९:४४

पोल्याण्डमा प्रवासी नेपाली मञ्चको बिशेष कार्यक्रम : इञ्चार्ज राजन भट्टराई र अध्यक्ष सञ्जय थापाले दिए प्रशिक्षण


पोल्याण्ड, चैत २ । प्रवासी नेपाली मञ्च पोल्याण्डले संगठन निर्माण र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बिशेष प्रशिक्षणसहित अन्तरक्रिया सम्पन्न गरेको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रवास इञ्चार्ज डा. राजन भट्टराई प्रमुख अतिथी र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापालाई बिशेष अतिथी बनाएर पोल्याण्ड राष्ट्रिय कमिटीले मार्च १३ गते बिशेष कार्यक्रम सम्पन्न गरेको हो ।

कायक्रममा प्रमुख अतिथी भट्टराई र बिशेष अतिथी थापाले प्रवासी नेपाली मञ्चको गठनको उदेश्य, आवश्यकता र अवको बाटोको बिषयमा नेता तथा कार्यकर्ताहरुलाई सबिस्तार जानकारी गराउनु भएको छ । उहाँहरुले प्रवासी नेपाली मञ्च बिदेशमा रहेका कुनै पनि नेपालीलाई समस्या परेका अवस्थामा सहयोग गर्न र मातृभूमि नेपालको राजनीतिक स्थायित्वसहित समृद्धिमा सघाउनु मुख्य उदेश्य रहेकोमा प्रष्ट पार्नुभयो ।

 

‘प्रवासी नेपाली मञ्च बिदेशमा रहेका सवै नेपालीको समृद्धी चाहन्छ । सँगसँगै प्रवासमा रहँदा पनि मेरो आफ्नो ब्यक्तिगत कामसँगै देशप्रतिको जिम्मेवारी छ, समाजप्रतिको जिम्मेवारी छ, परिवारप्रतिको जिम्मेवारी छ भनेर तपाईहरु सवैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यता राख्दछ । यस्कोसाथै देशमै रोजगारीको ब्यवस्था गर्नुपर्छ भन्नेमा पनि हामी निरन्तर प्रयत्नरत रहेका छौं,’ कार्यक्रममा एमाले नेता भट्टराई र अध्यक्ष थापाको भनाई थियो ।

प्रवासी नेपाली मञ्च पोल्याण्डका अध्यक्ष इश्वर देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य सन्तोष भट्टराई, एनआरएनए युरोप संयोजक डा. चिरञ्जीबि खड्का र जर्मनको ह्यामबर्ग क्षेत्रीय कमिटीका अध्यक्ष कमल थापा, एनआरएनए आइसीसी पोल्याण्डका सदस्य भीमबहादुर खड्का, बर्तमान अध्यक्ष नरेश सापकोटा, पूर्वअध्यक्ष जीवन केसीसहित एनआरएनए पोल्याण्डका कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पोल्याण्डका अध्यक्ष इश्वर देवकोटाले प्रबासी नेपाली मन्च पोल्याण्ड सवै संघ संस्थाहरुसँग सदैव सहकार्य गर्न तयार रहेको बताउनु भयो ।