जनता टाइम्स

४ चैत्र २०८०, आईतवार ०३:४३

प्रवासी नेपाली मञ्च युरोपको निश्कर्ष : ५ देशमा तत्काल कुटनैतिक नियोग स्थापना होस, गैर आवासीय नागरिकताको त्रुटी सच्याइयोस


स्पेन, चैत ४ । प्रवासी नेपाली मञ्चले युरोप अन्तर्गतका ५ वटा देशहरुमा तत्काल कुटनैतिक नियोगको स्थापना हुनुपर्ने ठहर गरेको छ । स्पेनको बार्सिलोनामा सम्पन्न प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीको प्रथम भौतिक बैठकले सो ठहरसहित युरोपका ५ देशमा तत्कालै कुटनैतिक नियोग स्थापना गर्न मागसमेत गरेको छ ।

बैठकले युरोपका पाँच देशहरुमा तत्काल कुटनैतिक नियोगको स्थापना गर्न नेपाल सरकारसँग माग गरेको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रवास इञ्चार्ज डा. राजन भट्राईको प्रमुख आतिथ्यता र अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको बिशेष आतिथ्यतामा सम्पन्न बैठकले पोर्चुगल, साइप्रस, माल्टा, रोमानिया र क्रोयशिया लगायतका देशहरुमा नेपालीको आगमन तीब्र भइरहेको भन्दै तत्काल बैठकले कुटनैतिक नियोग स्थापना गर्न जोडदार माग गरेको हो ।

‘यो बैठक हाल तीब्र रुपमा नेपालीहरुको आगमन भइरहेका देशहरु जस्तै पोर्चुगल, साइप्रस, माल्टा, रोमानिया र क्रोयशियालगायतका देशहरुमा केही निर्णय भइसकेका र केही निर्णय हुन बाँकी रहेका मुलुकहरुमा यथाशीघ्र कुटनैतिक नियोग स्थापनाका लागि जोडदार माग गर्दछ,’ बैठकको पहिलो निर्णयमा भनिएको छ ।

प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीका अध्यक्ष मुक्त गुरुङले ५ देशमा तत्काल कुटनैतिक नियोगको स्थापना र गैर आवासीय नेपाली नागरिकताको बिषयमा बिशेष प्रस्तावसहित बैठकले ११ बुँदे निर्णय गरेको छ । बैठकले गैर आवासीय नेपाली नागरिकताको अधिकार, उपयोगिता र प्राप्तीमा समेतआवश्यक कानुनको अभावको कारण देखिएको अन्यौलता तत्कालै अन्त गर्न माग गरेको छ । यस्तै बैठकले प्रवासबाट मतदानको अधिकार प्रदान गर्न माग गरेको छ ।

बैठकले सन २०२ ४ भित्र जहाँ नेपाली, त्यहाँ प्रवासी नेपाली मञ्च भन्ने नारालाई सार्थक बनाई युरोप महादेश अन्तर्गतका ३५ वटै राष्ट्रहरुमा राष्ट्रिय कमिटी गठनको लागि प्रतिवद्धता जनाएको छ । बैठकले युवाहरुलाई मञ्चमा समेटन बिभिन्न योजना अघि बढाउने निर्णयसमेत गरेको छ ।

बैठकमा प्रमख अतिथी एमाले स्थायी कमिटी सदस्य तथा इञ्चार्ज राजन भट्रटराई, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिव हेम शेर्पा, उपसचिव कर्ण शाहीलगायतका नेताहरुले संगठनले अवको दिनमा गर्नुपर्ने काम र संगठन सुद्धीकरण सुदृढीकरण अभियानको बिषयमा आफ्नो धारणासहित निर्देशन दिनुभएको थियो ।

प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीका संयोजक मुक्त गुरुङको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सचिव शालिकराम थपलियाको गर्नुभएको थियो । मञ्चले बैठक सम्पन्न गर्न उल्लेखनीय सहयोग पर्याएको भन्दै स्पेन राष्ट्रिय कमिटीलाई धन्यवाद दिएको छ ।