जनता टाइम्स

५ चैत्र २०८०, सोमबार २२:५८

प्रवासी नेपाली मञ्चले न्यूयोर्कमा गर्यो ऐतिहासिक कार्यक्रम, ५३ वटा संघ-संस्थाका नेतालाई एकै ठाउँमा राखेर मेटायो कौतुहलता


प्रवासी नेपाली मञ्चले न्यूयोर्कमा ऐतिहासिक कार्यक्रम सम्पन्न गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई प्रमुख अतिथी र दई पूर्वसांसदलाई अतिथी बनाएर प्रवासी नेपाली मञ्च अमेरिका न्यूयोर्क राज्य कमिटीले ५३ वटा संघ(संस्थाका नेतालाई पहिलो पटक एकैठाउँमा राखेर मातृभूमि नेपालको बिषयमा रहेको कौतुहलता मेटाउँदै भ्रम हटाउने काम गरेको हो ।


अमेरिका, चैत ५ ।
प्रवासी नेपाली मञ्च (ओएनएफ) ले मातृभूमि नेपालको समृद्धि र संयुक्त राष्ट्रसंघमा नेपाली प्रतिनिधिमण्डले खेलेको भूमिकाको बिषयमा नेपाल सरकारको मन्त्रीलाई नै उपस्थित गरेर निकै लोभलाग्दो कार्यक्रम सम्पन्न गरेको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई प्रमुख अतिथी बनाएर ओएनएफ अमेरिका न्यूयोर्क राज्य कमिटीले आइतवार भब्य एवं बृहत कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा मन्त्री चौधरीले नेपाल सरकारले चाल्न लागेको कदम, महिला शसक्तिकरणको बिषयसहित नेपालको परिवर्तित राजनीतिक घटनाक्रमबारे सबिस्तार सहभागीहरुलाई जानकारी गराउनु भयो ।

सहभागीहरुले उठाएको प्रश्नलाई सम्बोधन गर्ने क्रममा मन्त्री चौधरीले समसामयिक परिस्थितिसँगै नेपाल सरकारको भुमिका र आगामी कार्यदिशा सम्बन्धमा बिस्तृत जानकारी गराउनु भएको हो । आफ्नो सम्बोधनको क्रममा नेकपा एमालेकी पोलिटब्यूरो सदस्यसमेत रहनुभएका मन्त्री चौधरीले सरकार जनतामा छाएको निरासा चिरेर अघि बढने अठोटसहित अघि बढेको भन्दै बिश्वभर रहेका नेपालीको साथ र सहयोग चाहिएको बताउनु भयो ।

‘नेपालको समृद्धि हामी सवैको चाहना हो, जुनसुकै सरकार आएपनि यो काममा लाग्नैपर्छ, तपाईंहरु बिदेशी भूमिमा रहेर कर्म गरिरहनु भएको छ, मातृभूमि नेपालमा स्थायित्व होस, सरकारले जनताको चाहनाअनुसार काम गरोस भन्ने तपाईहरुको भावनालाई यो सरकारले कदर गर्छ,’ मन्त्री चौधरीले भन्नुभयो ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. बृन्दा पाण्डेले सिएसडब्लुको ६८औं महासभा र यसमा नेपालका सरकारी एवं गैरसरकारी संघ संस्थाहरुबाट सहभागी भएका प्रतिनिधिहरूको भुमीकाको बारेमा जानकारी गराउनु भयो । पाण्डेले सिएसडब्लुमा नेपालबाट सहभागी हुनआएका सवै सहभागीहरूको भुमिका अझै बिषय केन्द्रित हुनुपर्ने आवश्यकतासमेत औल्याउनु भयो ।

अन्तरक्रियामा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वसांसद शान्ता चौधरीले राजनीतिक यात्रामा आउनुअघि आफू १८ बर्षसम्म कमलरी बसेको अनुभव सुनाउनु भयो । चौधरीले आफ्नो जीवनमा झेल्नुपरेको पीडासहित संबिधानसभा सदस्य, प्रतिनिधिसभा सदस्य हुँदा पाएको जिम्मेवारी निर्बाह गर्दा र संयुक्त राष्ट्रसंघसम्मको यात्राका बिषयमा मार्मिक अनुभव सुनाउनु भएको थियो । उहाँले कार्यक्रममा सवै राजनीतिक बिचारसँग आस्था राख्ने नेताहरू, संघ संघ संस्थाका प्रमुख एवं प्रतिनिध एकै स्थानमा सहभागी भएकोमा धन्यवादसमेत दिनुभयो ।

प्रबासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले संगठन बिस्तारको अभियान र प्रवासमा रहेको नेपालीको समस्यामा साथ दिने नीति प्रस्तुत गर्दै प्रबासी नेपाली मञ्चको राष्ट्रिय र अन्तराष्ट्रिय भूमिकाबारे जानकारी दिनुभयो । अध्यक्ष थापाले प्रवासमा रहेका नेपालीको पीडामा मञ्च अग्रभागमा रहेर सहयोग गर्नुका साथै मातृभूमि नेपालको समृद्धिमा सहयात्री बन्ने स्पष्ट योजनासहित अघि बढेको जानकारी गराउनु भयो ।

प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले अतिथीहरुलाई स्वागत गर्दै कार्यक्रम आयोजनाको उदेश्य, कार्यक्रमको तयारी, ब्यबस्थापन र अतिथिहरूको समायोजनका बिषयमा जानकारी दिँदै ओएनएफ अमेरिकाको लक्ष्य र कार्यनितिका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिका लागि पूर्वराजदूत डा. अर्जुन कार्की, नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटीका सदस्य सरस्वती नेपाली, राष्ट्रिय युबा संघ नेपालका प्रबक्ता निरोज पौडेललगायत युएनको कार्यक्रममा आउनुभएका नेपाल सरकारका सचिब एवं अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा न्यूयोर्कस्थित जनसम्पर्क समितिका महासचिब मुन्नेन्द्र नेम्वाङ, न्यूयोर्क डेमोक्र्याटिक क्लवका अध्यक्ष ज्ञानल थापा, न्यूयोर्क मेयरका सल्लाहाकार नबराज केसी, जमैका नेपाली समाजका उपाध्यक्ष पुष्कर खनाल, रिजउड नेपाली सोसाइटीका अध्यक्ष राजेस भट्ट, एनआरएनए न्यूयोर्क च्याप्टरका उपाध्यक्ष लक्ष्मी थापा, जनजाती महासंघका महासचिब दिपक चौधरी, जनजाती महासंघ महिला उपाध्यक्ष ममता राई, लाइन्स क्लव अफ क्वीन्स काठमाडौंकी अध्यक्ष रष्मी श्रेष्ठ, हामी गोलबर नेपाली अमेरिका अध्यक्ष शोभाकान्त पाण्डे, न्यूयोर्क अध्यक्ष बीरेन्द्रजंग केसी, शेर्पा संघ अमेरिकाका अध्यक्ष एपी सेर्पा, कलाकार महासंघ अध्यक्ष बशन्ती राई, कास्की समाजका अध्यक्ष डम्बरजंग गुरूङसहित अभियन्ताहरु फुरी शेर्पा, पर्यटन दूत प्रदिप श्रेष्ठ, केशबराम राईलगायत ५३ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा न्यूयोर्कमा अबस्थित अधिकार संस्थाकी कार्यकारी निर्देशक नर्बदा क्षेत्रीले समग्र अमेरिकामा नेपालीले भोग्नुपरेको समस्या र अधिकार संस्थाले गरेको सामाजिक एवं कानूनी सहयोगको बारेमा जाकनारी दिनुभएको थियो । यस्तै प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य एवं महिला बिभाग प्रमुख कुन्ती थापा, अमेरिका महादेश कमिटी सदस्य अशोक कार्की, न्यूयोर्क राज्य कमिटीका सहसचिव शम्भु राई, जनजाती महासंघका अध्यक्ष तोरण गुरूङ, एनआरएनएका क्षेत्रीय संयोजक आङछिरिङ शेर्पा, एनआरएनए न्यूयोर्कका पूर्वसचिव बासु लामिछाने, गोर्खाली समाज अमेरिकाका अध्यक्ष खाम भट्ट, अन्तराष्ट्रिय तामाङ परिषदका उपमहासचिव लाक्यन लामा, धादिङ समाजका सदस्य सागर अधिकारीलगायतका सहभागीहरूले प्रमुख अतिथी र अतिथीहरुसँग जिज्ञासा राख्नुभएको थियो ।

सहभागीहरुले बिदेसी भूमिमा भोग्नुपरेको समस्या केलाउँदै पासपोर्ट नबीकरण, भिषा प्रकृयामा भइरहेको कठिनाई, दोहोर नागरिकता, गैर आवासीय नागरिकता, नेपालमा चलिरहेको सरकार परिवर्तनको अबस्था र प्रभाब, जनजातीप्रतिको हेराई र संघीयता कार्यान्वयनमा देखिएको अन्योलता एवं जनगुनासो, नेपालमा खोलिने डलर खाता, युवा एवं प्राबिधिक ज्ञान, सिप र क्षमता भएका नेपालीलाई नेपालमा नै राख्ने र बिदेशमा रहेका यस्ता क्षमताबान नेपालीलाई नेपाल फर्काउने सन्दर्भमा जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुको सुझाव र प्रश्नको जवाफ दिँदै प्रमुख अतिथि मन्त्री भगवती चौधरी, अतिथिहरू डा. बिन्दा पान्डे र शान्ता चौधरीले जिज्ञासा मेटाउनु भएको थियो । प्रवासी नेपाली मञ्च न्यूयोर्क राज्य कमिटीका उपाध्यक्ष गोपी ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बलभद्र खडायतले गर्नुभएको थियो भने अमेरिका राज्य कमिटीका उपसचिव एवं उत्तरपूर्वी इञ्चार्ज कृष्ण आचार्यले धन्यबाद ज्ञापन गर्नुभएको थियो । ओएनएफ अमेरिकाको पहलमा भएको सो कार्यक्रममा न्यूयोर्कमा रहेका ५३ संस्थाहरूका गरी १ सय ३ जना सदस्यहरूको सहभागिता रहेको थियो ।