जनता टाइम्स

७ चैत्र २०८०, बुधबार २१:१८

प्रवासी नेपाली मञ्च माल्टाको अध्यक्षमा राजु अर्याल निर्वाचित, यस्तो बन्यो २५ सदस्यीय नयाँ कार्यसमिति (सूचीसहित)


माल्टा, चैत ७ । प्रवासी नेपाली मञ्च (ओएनएफ) माल्टाको अध्यक्षमा राजु अर्याल (बाबु) निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो अधिवेशनबाट अर्याल अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनले अर्यालको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा कमल पोख्रेल, सचिवमा हेमराज भण्डारी तथा उपसचिवमा शिक्षा घिमिरे र अंश बस्नेत निर्वाचित हुनुभएको छ । यस्तै अधिवेशनबाट सदस्यहरुमा जानुका नेपाल, कृष्ण गिरी, लिलाधर पोखरेल, प्रकाश पाण्डे, सन्तोष रतन, धनबहादुर तामाङ, कमल केसी, भरत अर्याल, गोविन्द पौडेल, विष्णु पौडेल, दीर्घ सिं गुरुङ र धनराज अविरल निर्वाचित हुनुभएको छ ।

यसैगरी अधिवेशनले भुपेन्द्र गिरी, कमल भुषाल, सविन पण्डित, शिरोमणि पौडेल, भुपाल न्यौपाने, निरज भुजेल, हेम मण्डल र प्रभा राईलाई सदस्यमा निर्वाचित गरेको छ ।

अधिवेशनलाई प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रामशरण सिंखडा, प्रवासी नेपाली मञ्च युरोपका संयोजक मुक्त गुरुङलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।