जनता टाइम्स

८ आश्विन २०७६, बुधबार १५:५६

बढ्यो फेरी सुनको मूल्य, आजको भाउ हेर्नुहोस्


काठमाडौं, असोज ८

सुनको मूल्यमा आज बृद्धी भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ७१ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ७०० रुपैयाँ पुगेको छ ।

सुनसँगै चाँदीको मुल्यमा पनि सामान्य बृद्धी भएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ५रुपैयाँका दरले बढेर प्रतितोला ८९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । मगलबार चाँदी प्रति तोला ८८५ रुयैयाँमा खरिद बिक्रि भएको थियो । पछिल्लो समय अन्र्राष्ट्रिय बजारमा पनि सुनको मुल्यमा घटबढ हुने क्रम जारी रहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य प्रतिऔस एक हजार ५२९.६३ अमेरिकी डलर पुगेको छ ।