जनता टाइम्स

११ चैत्र २०८०, आईतवार २१:२०

फागु पुर्णिमामा प्रवासी नेपाली मञ्चले आयोजना गर्यो बिशेष कार्यक्रम : संस्कृतिविद ढकालले दिए समग्र पाटोबारे प्रशिक्षण


काठमाडौं, चैत ११ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले फागू पुर्णिमाको अवसरमा बिशेष प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।

संस्कृतिविद सालिकराम ढकाललाई प्रमुख बक्ता बनाएर मञ्चको कला, साहित्य तथा संस्कृति बिभागले आज फागु पुर्णिमा तथा होलीको अवसरमा बिशेष प्रबचनको आयोजना गरेको हो । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा प्रमुख अतिथी रहनुभएको प्रबचन कार्यक्रमको प्रमुख बक्ता संस्कृतिविद ढकाल हुनुहुन्थ्यो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै मुख्य बक्ता संस्कृतिविद सालिकराम ढकालले होलीका बिबिध पाटाबारे सबिस्तार जानकारी गराउनु भएको थियो । नेपालको धर्म संस्कृतिलाई कसरी जगाउने भनेर प्रवासी नेपाली मञ्च र यस्का नेताहरुले कार्यक्रम आयोजना गरी आफूलाई साँच्चीकै नेपालको असली छोराछोरी हो भन्ने प्रमाणित गरेको अनुभुति सुनाउनु भयो ।

छ । ‘बिदेशमा बसेर नेपालको कला, साहित्य र संस्कृतिमा लाग्नु निकै सह्रानीय काम हो । बिश्वभर छरिएर रहेका आफ्ना सन्ततीलाई जानकारी दिनु थप स्वागतयोग्य काम हो,’ ढकालले भन्नुभयो । उहाँले फागुन महिनाको शुक्ल पक्षको पुर्णिमामा मनाइने भएकोले फागु पुर्णिमा भनिएको भन्दै यस्को मुख्य बिशेषता असत्यमाथि सत्यको जीत भएको बताउनु भयो ।

‘होलीको उत्सव भनेको असत्यमाथि सत्यको बिजयको प्रतिकको रुपमा हामी होली मनाउछौं । होलीका दिन आफू मात्रै बाँच्ने, खाने सोच होइन, अरु सवैको हित चाहने सोचलाई आत्मसाथ गर्न जरुरी छ,’ ढकालले भन्नुभयो । उहाँले होलीको भोलिपल्टबाट बशन्त ऋतु सुरु हुने भएकोले पनि यो पर्व हर्साेल्लासका साथ मनाइने परम्परा रहेको जानकारी दिनभएको थियो ।

आफ्नो सम्बोधनको क्रममा ढकालले बिश्वमा जहाँ पुगे पनि नेपालको चन्द्र सूर्य अंकित झण्डा र नेपाली संस्कृतिलाई बिर्सन नहुने र यसलाई कालन्त्रसम्म जीवन्त राख्नुपर्नै बताउनु भयो । ‘नेपालकै राम्रा कुरालाई छोप्न बिकृतीहरु भित्रिएका छन । तीनलाई हटाएर हाम्रै मौलिक परम्पराअनुसार होली मनाउनु पर्छ,’ ढकालले भन्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथी थापाले प्रवासी नेपाली मञ्च बिश्वभर छरिएर रहेका नेपालीमाझ नेपालको पहिचानबारे जानकारी दिने काम गरिरहेकोले होलीको अवसरमा बिशेष कार्यक्रम आयोजना गरेको बताउनु भयो । उहाँले सुन्दर कार्यक्रमको संयोजनका लागि बिभागलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्त्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेल, उपसचिव तथा संगठन बिभागका उपप्रमुख कर्ण शाही, सचिवालय सदस्य एवं युरोप इञ्चार्ज भक्र वाले, अन्त्राष्ट्रिय कमिटीका सदस्य शन्तोष भट्टराई,  ज्योती शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतका बक्ताहरुले आफ्नो अनुभतिसहित शुभकामना दिनुभएको थियो ।

प्रवासी नेपाली मञ्च कला, साहित्य तथा संस्कृति बिभाग प्रमुख सरस्वती केसीको अध्यक्षता र सचिव खडग न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख केसीले सवैलाई धन्यवाद दिनुभएको थियो । बिभाग प्रमुख केसीले प्रवासी नेपाली मञ्च नेपालको कला, संस्कृति र साहित्यसहित सवै क्षेत्रको मौलिक संस्कृतिलाइ जोगाउने अभियानमा रहेको जानकारी पनि दिनुभयो ।