जनता टाइम्स

१४ चैत्र २०८०, बुधबार १४:४६

थाइल्याण्डको तल्लो सदनबाट समलिङ्गी विवाहलाई वैधानिकता दिने कानुन पारित


काठमाडौं, १४ चैत । थाइल्याण्ड चाँडै समलिङ्गी विवाहलाई वैधानिकता दिने देश बन्ने भएको छ । देशको तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यो विधेयकलाई सिनेट र राजपरिवारबाट अनुमोदन हुन बाँकी छ ।

तर सन् २०२४ को अन्त्यसम्ममा देशमा समलिङ्गी विवाहलाई कानुनी मान्यता प्राप्त हुने अपेक्षा गरिएको छ । यसपछि थाइल्याण्ड समलिङ्गी जोडीको विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको एक मात्र देश बन्नेछ ।