जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार १५:१९

मलेसियामा सोलुका शेर्पाले बढाए नेपालकै शान : उत्कृष्ट उदाहरण बनेकोमा दूतावासले गर्यो सम्मान


मलेसिया, चैत १५ सोलुखुम्बुका दावा शेर्पालाई नेपाली राजदुतावास मलेसियाले सम्मान गरेको छ।‌ देशकै प्रतिष्ठा बढाउने काम गरेकोमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललेशेर्पालाई सम्मान गर्नुभएको हो

मलेसियाको फाइभ सेक्युरिटी सर्भिसमा चार वर्षदेखि काम गर्दै आउनुभएका दावाले गत हप्तादमनसरास्थित एक सपिङ सेन्टरको गाडि पार्किङमा डिउटिमै रहेको अवस्थामा मलेसियन लाख ८७हजार, सय १६ रिङगेट रहेको सुटकेस फेला भेट्टाउनु भएको थियो

आफूले फेला पारेको पैसाको उक्त सुटकेस उहाँले आफू कार्यरत कम्पनी मार्फत नजिकैको प्रहरीलाईबुझाउनु भएको थियो शेर्पाको सोही कामको कदर गर्दै नेपाली राजदुतावास मलेसियाले मंगलवारदावालाई सम्मान गरेको हो

शेर्पाले आफ्नो पेशागत निष्ठा तथा व्यवसायिकता प्रमाणित गरिएको भन्दै शेर्पाको इमानदारीलाईसम्मान गरेको राजदूत पौडेलले बताउनु भयो

शेर्पाको यो ईमान्दारिताले नेपाल नेपालीको शिर उच्चबनाएको मलेसियाका लागि नेपाली राजदुत डिल्ली राज पौडेलले बताउनु भयो।