जनता टाइम्स

१५ चैत्र २०८०, बिहीबार २२:२९

रोल्पाका चर्चित नेताले रोजे एमाले, समृद्धिको सपना साकार पार्ने पार्टी रोजेको भनाई


काठमाडौं, चैत १५ । रोल्पाको राप्रपा नेता यज्ञहादुर बुढाथोकी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

कर्णालीसहित मुलुक निर्माणको नेतृत्व नेकपा एमालेले मात्रै गर्न सक्छ भन्ने यथार्थ प्रष्ट भएको भन्दै बुढाथोकी आज एमाले प्रवेश गर्नुभएको हो । रोप्लामा लामो समयदेखि राजनीतिमा स्थापित बुढाथोकी हालको लुङरी गाउँपालिका वडा नं ६ (गुम्चाल गाविस) रोल्पाका २०४३ देखि २०४६ सम्म प्रधानपञ्च हुनुहुन्थ्यो ।

यस्तै २०४९ को स्थानीय निकायको निर्वाचनमा गुम्चाल गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । एमाले मुख्यालयमा आज महासचिव शंकर पोखरेलले बुढाथोकीलाई पार्टीमा स्वागत गर्नुभयो ।