जनता टाइम्स

१८ चैत्र २०८०, आईतवार ००:०२

प्रवासी नेपाली मञ्च क्यालिफोर्नियाको अध्यक्षमा चिरञ्जिवी गौतम, यी हुन पदाधिकारी र सदस्य


अमेरिका, चैत १८ । प्रवासी नेपाली मञ्च अमेरिका अन्तर्गतको क्यालिफोर्निया राज्य कमिटीको अध्यक्षमा चिरञ्जिवी गौतम चयन हुनुभएको छ ।

मार्च २९ तारिकमा सम्पन्न अधिवेशनले गौतमको अध्यक्षमामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको छ । अधिवेशनबाट उपाध्यक्षमा राजु श्रेष्ठ, सचिवमा शम्भु सिवाकोटी र उपसचिवमा सचिन प्रकाश खनाल चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा केबी चलाउने, प्रभाकर प्याकुरेल, हेमराज राई र गणेश जिसी सर्वसम्मत चयन हुनुभएको छ । प्रवासी नपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य राजेन्द्र शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा अमेरिका राष्ट्रिय कमिटीका सचिव छवि पाण्डेले अतिथीका रुपमा आफ्नो धारणा राख्नुभएको थियो ।