जनता टाइम्स

१८ चैत्र २०८०, आईतवार २२:२९

प्रवासी नेपाली मञ्च मलेसियाको सातौं बैठक : यस्ता छन सदस्यता बृद्धिदेखि पीडित श्रमिक कोषको रकम संकलनसम्मका निर्णय


मलेसिया, चैत १८ । प्रवासी नेपाली मञ्च मलेसियाको सातौं बैठक विभिन्न ऐतिहासिक निर्णय गर्दै सम्पन्न भएको छ । मलेसिया राष्ट्रिय कमिटीका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा बसेको बैठकले संगठनलाई चलायमान बनाउन बिभिन्न निर्णय गरेको छ ।

बैठकले प्रारम्भिक चरणमा छलफल गर्दै घोषण गरिएको पीडित श्रमिक कल्याणकारी कोषको लागि घोषणा गरेका सबै रकम संकलन गर्ने जिम्मेवारी अध्यक्ष कुमाल र सचिव कृष्ण खड्कालाई दिने निर्णय गरेको छ ।

यसैगरी बैठकले रिक्त सहसचिव पदमा रामचन्द्र लोप्चन र जोहोर राज्य कमिटी ईन्चार्जमा छबिलाल गीरिलाई मनोनीत गरेको छ । बैठकले बिबिध कारणले स्वदेश फर्किएका पदाधिकारी तथा सदस्यहरुलाई हालसम्म पुर्याएको योगदानको उच्च कदर गर्दै धन्यवादसहित बिदा गर्नुका साथै आगामी राजनैतिक यात्राको शुभकामना व्यक्त गरेको सचिव खडकाले जानकारी दिनुभयो ।

बैठकले पूर्वीएसिया कमिटीले निर्णय गरी मलेसियाबाट माग गरेको विभिन्न बिभाग सदस्यको लागि ८ जनालाई सिफारिस गरेको छ । जसअनुसार संगठन बिभागमा मलेसिया सचिव कृष्ण खड्का, आर्थिक बिभागमा मलेसिया राज्य कमिटी अध्यक्ष गोरख खवास, ज्ञान सीप तथा प्रविधि बिभागमा सहसचिव रामचन्द्र लोप्चन र महिला बिभागमा सदस्य तथा पेनाङ राज्य कमिटी ईन्चार्ज राधिका क्षेत्रीको सिफारिश गरिएको छ ।

यसैगरी बैठकले युवा तथा खेलकुद बिभागमासदस्य मिलन थिङ तामाङ, श्रम तथा रोजगार प्रवर्र्धन बिभागमा सदस्य खगेन्द्र श्रेष्ठ, कला साहित्य तथा सांस्कृतिक बिभागमा उपाध्यक्ष जीवन देवान गाउँले र प्रचार तथा प्रकाशन बिभागमा सविन कुमार लोप्चनलाई सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष दयाराम कुमालले जानकारी दिनुभयो ।

बैठक समापन गर्दै अध्यक्ष कुमालले ५ हजार सदस्यता बनाउने लक्ष्य रहेको भन्दै मलेसिया राष्ट्रिय कमिटीका सदस्य तथा राज्य कमिटीहरुलाई सदस्य बढाउन निर्देशन दिनुभयो । मलेसियाले संगठन बिस्तार र सदस्यता बढाउने अभियानलाई बिशेष प्राथमिकतामा राखेर काम अघि बढाएको छ । सोही अनुसार अध्यक्ष कुमालले निर्देशन दिनुभएको हो ।