जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार १५:३२

एनआरएन अमेरिका निर्वाचन : जीतको सुनिश्चिततातिर कोषाध्यक्षका उम्मेदवार रविन बज्राचार्य


न्यूयोर्क, बैशाख २२

न्यूयोर्कमा रहेर सामाजिक काममा सदैव सक्रिय रविन बज्राचार्यले गैर आवासिय नेपाली संघ (एनआरएनए) आगामी निर्वाचनमा कोषाध्यक्षको उम्मेदवारी दिनुभएको छ । प्रष्ट बोल्ने र खरो स्वभावका बज्रचार्यले एनआरएन अमेरिकालाई आर्थिक रुपमा पारदर्सी र सवैले बिश्वास गर्न योग्य बनाउने अठोटका साथ कोषाध्यक्षमा आफ्नो उम्मेदवारी दिनुभएको हो ।

उम्मेदवारी दर्तासँगै चुनावी माहोल तातेको छ । आगामी मेमा हुने निर्वाचनको तयारीमा सवैजसो उम्मेदवार लागिपरेका छन । बजाचार्य पनि आफ्नो आर्थिक सुशासनको मुद्दासहित मतदाता माझ पुगिरहनु भएको छ । नेपालमा हरेक बिपत्ति पर्दा सकेसम्म चाँडो र सवैभन्दा पहिला अमेरिकाबाट काठमाडौं हिडने सामाजिक अभियन्ताका रुपमा समेत परिचित बज्राचार्यले मतदातामाझ आफ्नो प्रष्ट कुरा राख्दै अघि बढदा अधिकांशको मन जितिरहनु भएको छ । हालसम्म अमेरिकाका जति पनि बहश र चुनावी अभियानमा बज्राचार्य जानुभएको छ, सवैतिरबाट एनआरउन अमेरिकालाई चाहिने अभियन्ता भन्ने मतदाताको अनुभुतिसमेत हुने गरेको छ ।

सन् १९९७ देखि अमेरिकामा बस्दै आउनु भएका बज्राचार्य सन २०१३ देखि एनआरएनमा सक्रिय रुपमा लाग्नुभएको हो । सामाजिक काममा सदैव अग्र भागमा उभिने र नेपालीलाई समस्या पर्दा सदा सहयोगी हात बढाउने बज्राचार्यको शैली छ । सवैसँग मिलनसार बज्राचार्यको मत माग्ने शैली पनि फरक छ । ‘तपाईहरु संग भोट माग्न आईरहेको छैन । सबैलाई लाग्छ, होला चुनाव लागेको छ भोट माग्न आएको छ भनेर । त्यस्तो होईन, म त तपाईहरुको मुटुमा बस्न आउँदै छु । तपाईहरुको मुटुमा बसिसकेपछि तपाईहरु पक्कै पनि भोट त अवश्य दिइनै हाल्नुहुन्छ,’ मतदातामाझ बज्राचार्य भन्नुहुन्छ ।

अहिलेसम्मको अवस्था हेर्दा आफू निर्विरोध जस्तै भइसकेको अनुभुतिसमेत बज्राचार्यले मतदातासामु राख्ने गर्नुभएको छ । त्यसो त उहाँलाई अध्यक्षका उम्मेदवार सञ्जय थापा र सूर्य लम्साल दुवैको साथ रहेको छ । मतदाता माझ पनि बज्राचार्य यही भन्नुहुन्छ । ‘अहिले हेर्दा त मत निविरोध भैसकेको जस्तो लाग्छ, म त बहुमतले जित्ने मानिस हुँ । दुबै अध्यक्षले मलाई सपोर्ट गर्नु भएको छ । दुबै जनाको साझा कोषध्यक्ष म नै हुँ । सञ्जय थापा दाईको पनि कुनै कोषाध्यक्षको उम्मेदवार छैन । सूर्य लम्साल दाईको पनि म नै हुँ कोषाध्यक्षको उम्मेदवार । तर तपाईहरु अत्याधिक बहुमतको आधारमा जिताउनु चाहनुहुन्छ भने मलाई भोट गर्नुहोस,’ हरेक चुनावी कार्यक्रममा बज्राचार्य भन्नुहुन्छ ।

एनआरएन अमेरिकालाई राम्रो र हाम्रो बनाउन सदैव क्रियाशील बज्राचार्य अहिलेसम्म एनआरएन अमेरिकामा आफ्नो मुद्दाले जितेको बताउनु हुन्छ । ‘सबैभन्दा धेरै चुनाब लडेको र सबभन्दा धेरै हारेको मान्छे मै हुँ । चुनाव त मैले धेरै हारेको छु तर मेरो एजेन्डाले अझैसम्म हारेको छैन । अमेरिकनबासीले समानुपातिक डेलिगेट पाउने अवस्थाका लाथि मैले निकै महत्वपुर्ण योगदान गरेको छु, मेरो भुमिका निर्णायक छ, तीन–तीन जना अध्यक्ष जितेर जानुभयो, तर उहाँहरुले कुरा उठाउनु भएको थिएन । सन मेरै भुमिकाका कारणले समानुपातिक डेलिगेट्स पाइएको पाएको हो । त्यो भन्दै गर्दा मलाई गर्व लाग्छ,’ बज्राचार्यले भन्नुभयो ।

सवैभन्दा पहिला संस्थालाई पारदर्सी बनाउनु पर्ने भएकोले आफू कोषाध्यक्षमा उम्मेदवार बनेको उहाँको भनाई छ । ‘कोषाध्यक्षमै किन चुनाब लड्दै छु भन्दा कुनै पनि संस्थाको मेरुदण्ड भनेको आर्थिक पारदर्सीता हो, आर्थिक हिनामिनाको कारणले गर्दा नैै कुनै पनि संस्था बिग्रन्छन । आर्थिक हिनामिना नहोस र आर्थिक पारदर्सीता होस भन्नको लागि नै कोषाध्यक्षमा उम्मेद्वारी दिएको हुँ,’ बज्राचार्यले भन्नुभयो । आफू एनआरएनको सुदृढिकरणमा लागेकोले पहिलो रोजाई आर्थिक पारदर्सीताका लागि कोषाध्यक्ष भएको बज्राचार्यले बताउनु भयो ।

‘म एनआरएन सुदृढीकरण अभियानमा लागेको हो । एनआरएनलाई कसरी अगाडि बढाउने, सबै नेपालीको साझा संस्था कसरी बनाउने ? भन्ने मेरो अभियान हो । जबसम्म संस्थाभित्र अर्थिक पारदर्शिता हुँदैन । त्यो संस्था अगाडि बढ्न सक्दैन,’ जनताटाइम्ससँग बज्राचार्यले भन्नुभयो । एनआरएनलाई अमेरिकाको तल्लो तहसम्म पुर्याउनको लागि पनि कोषाध्यक्षमा चुनाव लडेको उहाँले बताउनु भयो ।

‘मेरो उमेदवारी एनआरएनलाई भाईब्रेन्ट बनाउन हो । २०१७ पछि एनआएनको वेबसाईटमा क्वार्टर रिपोर्ट पनि छैन । अहिले एनआरएन अमेरिकाको हिसाब किताब पारदर्शी छैन । वेबसाईटमा फाईनान्सियल रिपोर्ट हेर्दा पनि थाहा हुन्छ । कुनैपनि हिसाब किताब अमेरिरकाको कानुन अनुसार भएको छैन । म कोषाध्यक्ष उठेको भनेको हिसाब किताब स्पष्ट देखाउनको लागि हो,’ बज्राचार्यले भन्नुभयो ।

बज्राचार्यले आफूले चुनाव जितेको अवस्थामा आर्थिक सुधारका प्याकेज पनि मतदातासामु राख्नुभयो । ‘मैलै चुनाब जितें भने हाम्रो हिसाब किताब पारदर्शी बनाउनको लागि पहिला इन्टरनल अडिट गराउछु, त्यसपछि एस्टरनर अडिट गर्ने हो । एस्टरनल अडिटको लागि मसंग कोषाध्यक्षमा पराजीत भएका साथीहरुसहितको विज्ञ टोली बनाएर काम गर्नेछु,’ बज्राचार्यले भन्नुभयो ।

बज्राचार्य एनआरउन सुधारको लागि अदालतसम्म पुग्नुभएको थियो । ‘विगतको चुनाव हुँदा समयअवधि सकेपछि सदस्य थप्नु हुँदैन भनेर मैले मुद्दा हालेको थिए । तर सबै साथीको कुरा सुनेर मैले त्यो मुद्दा झिकेको थिए । यस पटक समयावधि सकिएपछि सदस्य नबाँड्ने मुद्दा स्थापित भैसकेको छ । यो पनि एनआएन र मेरो जित हो । अबको चुनाबमा धाँधली कम हुन्छ,’ बज्राचार्यले भन्नुभयो ।

बज्राचार्य नेपालमा समस्या पर्दा एनआरएन सदैव साथमा हुनुपर्ने मान्यता राख्नुहुन्छ । २०७२ को भूकम्पदेखि सिन्धुपाल्चोककको जुरेको पहिरोपीडितसम्मलाई बज्राचार्य सहयोग गर्न पुग्नुभएको थियो ।

‘मैले भन्दै आएको छु एनआरएन भनेको सम्पूर्ण नेपालीको हुनुपर्छ । नेपाललाई दुख पर्दा हामी उडेर नेपाल जानु पर्छ । २०७२ सालको भुकम्प आउँदा सबै भन्दा पहिले अमेरिकाबाट नेपाल जाने मान्छे मै हुँ । हाम्रा दाजु भाईहरुको घाउमा मलम लगाउन म नेपाल पुगेको थिएँ,’ बिगत स्मरण गर्दै बज्राचार्य भन्नुहुन्छ । चुनावी तिथि नजिकिएसँगै बज्राचार्यप्रति मतदाताको आकर्षण निकै बढेको छ । यसलाई उहाँ आफू जीतको सुनिश्चिततातिर पुगेको बताउनु हुन्छ ।