काठमाडौं, चैत २० । सिंहदरवारको ध्यान खिच्न भन्दै धरान उपमहानगरपालिका मेयर हर्कराज राई (साम्पाङ) ले काठमाडौंमा एकल शक्ति प्रदर्शन गर्नुभएको छ ।
मन्त्री भेटन भन्दै काठमाडौं आउनु भएका मेयर साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग गर्दै आज बिहान काठमाडौंमा एकल शक्ति प्रदर्शन गर्नुभएको छ । उहाँ धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौं आउनु भएको थियो ।
‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर उहाँले प्रदर्शन गर्नुभएको छ । मेयर सम्पाङले आफ्नो एक्समार्फत एकल प्रदर्शन गरेको सूचना सार्वजनिक गर्नुभएको छ । उहाँले प्रत्यक्ष कार्यकारीको मागमा कसैलाइृ आमन्त्रण नगरी आफू एक्लै बसेर प्लेकार्ड बोकेर तस्विर खचिाई आफ्नो एपमा राख्नुभएको हो ।
मेयर साम्पाङले निर्वाचित भएदेखि नै आफू जनताले चुनेर पठाएको कार्यकारी निर्वाचित जनप्रतिनिधि भन्दै उपमेयर, वडाध्यक्ष र सदस्यहरुमाथि भने पार्टीको झोले भन्दै सार्वजनिक रुपमा अपमान गर्दै आउनु भएको छ । आफ्नो कामको बचाउका लागि काठमाडौं आएको मौका छोपेर उहाँले एक्लै उभिएर प्लेकार्ड बोकेको फोटो खिचाउँदै सामाजिक सञ्जालमा राख्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्