जनता टाइम्स

२० चैत्र २०८०, मंगलवार १७:११

अर्काे देशमा पुग्यो प्रवासी नेपाली मञ्च, सोलोभेनिया बन्यो तिलक गजमेरको नेतृत्वमा नयाँ कमिटी


स्पेन, चैत २० । प्रवासी नेपाली मञ्च (ओएनएफ) सोलोभेनिया राष्ट्रिय कमिटी गठन भएको छ । प्रवासी नेपाली मञ्च युरोपको बिशेष पहलमा मार्च २४ तारिकमा राष्ट्रिय कमिटी गठन भएको हो ।

प्रवासी नेपाली मञ्चका सचिव तथा संगठन बिभाग प्रमुख हेम शेर्पाको प्रमुख आतिथ्यतामा सोलोभेनियामा सम्पन्न भेलाले तिलकबहादुर बिश्वकर्मा (तिलक गजमेर) को अध्यक्षतामा ३ जना सदस्य पछि थप गर्ने गरी १५ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सुब्बा श्रेष्ठ, सचिवमा छबिबहादुर कुँवर र उपसचिवमा प्रकाश न्यौपानेलाई चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा बिशबहादुर पुन मगर, मकरबहादुर आले मगर, सुवाश भण्डारी, धिरजकुमार जैसवाल, लिलबहादुर रसाइली, पौषबहादुर ठाडा मगर र सञ्जय आले मगरलाई चयन गरिएको छ । नवगठित कमिटीका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

सो क्रममा सचिव शेर्पाले संगठनको काम इमान्दारीपुर्वक गर्नका लागि सिंगो कार्यसमितिलाई निर्देशन दिनुभएको प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीका सचिव सालिकराम थपलियाले जानकारी दिनुभयो ।

भेलामा प्रमुख अतिथी सचिव शेर्पासहित सचिवालय सदस्य तथा युरोप महादेश कमिटी इञ्चार्ज भक्त वाग्ले, अन्तराष्ट्रिय कमिटीका सदस्यहरु गोबिन्द पौडेल, सुरेन्द थपलिया, सरस्वती केसी, कल्पना त्रिपाठी र सन्तोश भट्टराई अतिथीका रुपमा उपस्थित हुनुभएको थियो । भेलामा सोलोभेनियामा रहेका बिभिन्न क्षेत्रका प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।

यसैबीच प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले सोलोभेनिया राष्ट्रिय कमिटीका अध्यक्ष बिश्वकर्मासहित पदाधिकारी र सदस्यहरुलाई बधाइ दिनुभएको छ । अध्यक्ष थापाले थप एउटा राष्ट्रिय कमिटी गठन गरी संगठन बिस्तार अभियान अघि बढाएकोमा युरोप महादेश कमिटीका सवैलाई धन्यवाद समेत दिनुभएको छ ।उहाँले जहाँ नेपाली, त्यहा प्रवासी नेपाली मञ्च भन्ने अभिया सफल पार्न बिश्वभर रहेका मञ्चका सवै नेता–तथा कार्यकर्ताहरुलाई अपिल समेत गर्नुभएको छ ।

यसैगरी प्रवासी नेपाली मञ्च युरोप महादेश कमिटीले पनि नवगठित कार्यसमितिलाई बधाइ दिएको छ । कमिटीका संयोजक मुक्तबहादुर गुरुङ र सचिव सालिकराम थपलियाले पत्र नै पठाएर सिंगो कार्यसमितिलाई बर्धा दिनुभएको हो ।