janatatimes

२२ चैत्र २०८०, बिहीबार ०७:५४

मध्यराती समातिए राजेशपायलसहित यी कलाकार


काठमाडौं, चैत्र २२ । चर्चित गायक राजेश पायल राईसहित तीन जना कलाकार मध्यराती पक्राउ परेका छन।

गएराति २ बजे काठमाडौंको मदन भण्डारी कलेज नजिकैबाट राईसहितका कलाकरहरूलाई प्रहरीले पक्राउ गरेको हो । अत्याधिक मदिरा सेवन (मापसे) गरी होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘मापसे गरी होहल्ला गर्ने तीन जनालाई राति नै नियन्त्रणमा लिई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ । घटनाको बिषयमा थप अनुसन्धान अघि बढाइउको प्रहरील्े जनाएको छ ।

प्रहरीले तनि जना कलाकारसँगै मापसे गरेर होहल्लामा साथ दिने अन्य पाँच जना पनि पक्राउ गरेको छ ।