न्यूयोर्क, असोज १० । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा फेरि लफडा भएको छ । अध्यक्ष सुनिल साह, पूर्वअध्यक्ष केपश पौडेलसहित केही ब्यक्तिले सिण्डिकेट लादेर आफ्ना सिमित घेराभित्रका एस म्यानलाई छानेर एनआरएनए आइसिसि डेलिगेट छनोट गरेपछि कार्यसमितिकै बहुमत सदस्यले अस्वीकार गरेका हुन । एनआरएनए आइसिसिमा मा महासचिवको उम्मेद्वारी घोषणा गरेका पौडेलले संस्थालाई नै बर्वाद पार्ने गरी डेलिगेट्स छनोट गरेपछि बहुमत सदस्यले बिज्ञप्ती नै जारी गरी अस्वीकार गरेका हुन ।
‘हामी एनआरएनए एनसीसीका बहुमत पदाधीकारीहरूले ‘आईसीसी डेलिगेसन छनौट समिति’ ले तयार पारेको आईसीसी डेलिगेसन नामाबलीलाई अस्वीकृत गर्दछौं, एनआरएनए एनसीसीलाई बाइपास गर्दै आज निकालिएको तेस्रो नामावलीमा छनौट समितिका पदाधीकारीहरूले एनआरएनएमा सकृय एवं जिम्मेबार ब्यक्तित्वहरूलाई पाखा लगाउदै आफ्ना नातागोता र आफ्नै परिवारका सदस्यहरूलाई अबैधानिक तरिकाबाट डेलिगेसन लिस्टमा नाम उल्लेख गराएका छन,’ बहुमत सदस्यहरुले बिज्ञप्तीमा भनेका छन ।
उनीहरुले यो डेलिगेटनसलाई अबैधानिक भन्दै अस्वीकार गर्न एनआरएनए आइसिसिलाई समेत सचेत गराएका छन । ‘सम्पूर्ण अमेरीकाबासी एनआरएनहरूको जनआवाजलाई बिश्वासघात गर्ने यस्ता बदनियतपूर्निण निर्णयबिरूद्ध हामी बहुमत एनआरएनए एनसीसीका पदाधीकारीहरूले आफ्नो मत जाहेर गर्दछौं,’ बिज्ञप्तीमा भनिएको छ । यसरी बिज्ञप्ती जारी गर्ने एनआरएनए अमेरिकाका पदाधिकारीहरुमा क्षेत्रीय उपाध्यक्ष कृष्णजीबि पन्त, सर्बज्ञ वाग्ले, सचिव अमृत कट्टेल, युवा संयोजक बिनोद रूवाली, महिला संयोजक दिक्षा बस्नेत हुनुहुन्छ । यसैगरी बोर्ड अफ डाइरेक्टरहरु सत्य चौधरी, जीवन जोशी, खीम भट्टराई, पदम ठकुराठी, तिलक केसी, धर्म बिश्वकर्मा, क्षत्रकुमारी गुरूङ, अमर क्षन्त्याल हुनुहुन्छ ।
उहाँहरुले बिधानबिपरित नातागोता छान्ने कामको कडा रुपमा प्रतिवाद गर्नुभएको छ । गैह्र आवासीय नेपाली संघ, आईसीसी को बिधान २००३ (संशोधन २०१७) को परिच्छेद ५ धारा १३ तथा गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धी नियमाबली २०१९ को धारा ७.२ मा ‘अन्तराष्ट्रिय महाधिवेशनमा मतदान अधिकारसहित भाग लिनका लागि सम्बन्धित राष्ट्रिय समन्वय परिषदले प्रतिनिधी चयन गर्नेछ’ भन्ने प्रष्ट ब्यबस्था छ । त्यसैगरी एनआरएनए एनसीसी अमेरिकाको बिधान २०१८ को धारा XVIII को १५७ ले पनि एनआरएनएको अन्तराष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनौट गर्ने अधिकार एनआरएनए एनसीसी बोर्डलाई सुम्पेको छ ।
तर यी सम्पूर्ण कनूनी प्रबधानहरूलाई बेवास्ता गर्दै एनआरएनए एनसीसीका केही सिमित ब्यक्तिहरू सम्मिलित ‘आईसीसी प्रतिनिधी छनौट समिति’ ले नियमावली बिपरित तथा मनोमानी ढंगले उक्त छनौट समितिकै पदाधीकारीहरूलाई समेत जानकारी नगराई आईसीसी डेलिगेट्स चयन गरेको हो । यो एनआरएनएबिरोधी कामलाई अस्वीकार गर्न बहुमत पदाधिकारीले सवैलाई अपिल गरेका हुन । एनआरएनए आईसीसीको चुनाबलाई मध्यनजर गर्दै खेलिने यस्ता घृणित खेलहरूप्रति हामी एनआरएनए एनसीसी बोर्डका पदाधिकारीहरू सजग छौं र यस्ता असामाजिक कामको हामी घोर भर्त्सना गर्दछौं। तसर्थ, यथासक्य चाँडो एनआरएनए एनसीसी अमेरीकाको बोर्ड बैठक बसी पक्षपातपूर्ण आईसीसी प्रतिनिधि छनौट समितिको आधिकारिक बिघटन गरी एनआरएनए एनसीसीको पूर्ण बोर्डले प्रकाशित नामावलीको पुनर्मुल्याँकन गरी नयाँ नामावली प्रकाशित गर्नु पर्ने निर्णय गर्दछौं, बिज्ञप्तीमा भनिएको छ ।
संस्थागत सुद्धिकरणको यस महाअभियानमा सहयोग र समर्थन गर्न एनआरएनए एनसीसी बोर्डका सम्पूर्ण पदाधिकारीहरू लगायत सम्पूर्ण अमेरीकाबासी एनआरएनहरूलाई सार्वजनिक अपिलसमेत गरिएको छ ।
हेर्नाेस बिज्ञप्ती
अभियान : संस्थागत सुद्धिकरण
हामी एनआरएनए एनसीसीका बहुमत पदाधीकारीहरूले ‘आईसीसी डेलिगेसन छनौट समिति’ ले तयार पारेको आईसीसी डेलिगेसन नामाबलीलाई अस्वीकृत गर्दछौं। एनआरएनए एनसीसीलाई बाइपास गर्दै आज निकालिएको तेस्रो नामाबलीमा छनौट समितिका पदाधीकारीहरूले एनआरएनएमा सकृय एवं जिम्मेबार ब्यक्तित्वहरूलाई पाखा लगाउदै आफ्ना नातागोता र आफ्नै परिवारका सदस्यहरूलाई अबैधानिक तरिकाबाट डेलिगेसन लिस्टमा नाम उल्लेख गराएकाछन् । सम्पूर्ण अमेरीकाबासी एनआरएनहरूको जनआवाजलाई बिश्वासघात गर्ने यस्ता बदनियतपूर्निण निर्णयबिरूद्ध हामी तल उल्लेखित बहुमत एनआरएनए एनसीसीका पदाधीकारीहरूले आफ्नो मत जाहेर गर्दछौं।
गैह्र आवासीय नेपाली संघ, आईसीसी को बिधान २००३ (संशोधन २०१७) को परिच्छेद ५ धारा १३ तथा गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय महाधिवेशन संचालन सम्बन्धी नियमाबली २०१९ को धारा ७.२ मा “अन्तराष्ट्रीय महाधिवेशनमा मतदान अधिकार सहित भाग लिनका लागि सम्बन्धित राष्ट्रीय समन्वय परिषदले प्रतिनिधी चयन गर्नेछ” भन्ने प्रष्ट ब्यबस्था छ। त्यसै गरि एनआरएनए एनसीसी अमेरीकाको बिधान २०१८ को धारा ह्ख्क्ष्क्ष्क्ष् (ज्ञछठ) ले पनि एनआरएनएको अन्तराष्ट्रीय महाधिवेशनको प्रतिनिधि छनौट गर्ने अधिकार एनआरएनए एनसीसी बोर्डलाई सुम्पेकोछ। तर यी सम्पूर्ण कÞानूनी प्रबधानहरूलाई बेवास्ता गर्दै एनआरएनए एनसीसीका “केही सिमित ब्यक्तिहरू’ सम्मिलित ‘आईसीसी प्रतिनिधी छनौट समिति’ ले नियमाबली बिपरित तथा मनोमानी ढंगले उक्त छनौट समितिकै पदाधीकारीहरूलाई समेत जानकारी नगराई आईसीसी डेलिगेट्स चयन गरेकोछ।
एनआरएनए आईसीसीको चुनाबलाई मध्यनजर गर्दै खेलिने यस्ता घृणित खेलहरूप्रति हामी एनआरएनए एनसीसी बोर्डका पदाधिकारीहरू सजग छौं र यस्ता असामाजिक कामको हामी घोर भर्त्सना गर्दछौं। तसर्थ, यथासक्य चा‘डो एनआरएनए एनसीसी अमेरीकाको बोर्ड बैठक बसी पक्षपातपूर्ण “आईसीसी प्रतिनिधि छनौट समिति” को आधिकारिक बिघटन गरी एनआरएनए एनसीसीको पूर्ण बोर्डले प्रकासित नामाबलीको पुनर्मुल्या‘कन गरी नया‘ नामाबली प्रकाशित गर्नु पर्ने निर्णय गर्दछौं। संस्थागत सुद्धिकरणको यस महाअभियानमा सहयोग र समर्थन गर्न एनआरएनए एनसीसी बोर्डका सम्पूर्ण पदाधिकारीहरू लगायत सम्पूर्ण अमेरीकाबासी एनआरएनहरूलाई हामी अपील गर्दछौं।
भवदीय,
कृष्णजीबि पन्त, क्षेत्रीय उपाध्यक्ष
सर्बज्ञ वाग्ले, क्षेत्रीय उपाध्यक्ष
अमृत कट्टेल, सचिव
बिनोद रूवाली, युवा संयोजक
दिक्षा बस्नेत, महिला संयोजक
सत्य चौधरी, बोर्ड अफ डाइरेक्टर
जीवन जोशी, बोर्ड अफ डाइरेक्टर
खीम भट्टराई, बोर्ड अफ डाइरेक्टर
पदम ठकुराठी, बोर्ड अफ डाइरेक्टर
तिलक केसी, बोर्ड अफ डाइरेक्टर
धर्म बिश्वकर्मा, बोर्ड अफ डाइरेक्टर
क्षत्रकुमारी गुरूङ, बोर्ड अफ डाइरेक्टर
अमर क्षन्त्याल, बोर्ड अफ डाइरेक्टर
गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय समिति, अमेरीका
प्रतिक्रिया दिनुहोस्