जनता टाइम्स

२६ चैत्र २०८०, सोमबार १७:३५

ओएनएफ अमेरिकाको बिस्तारित बैठक : बार्षिक सधारणसभादेखि सदस्यता नविकरणसम्मका लागि लियो ठोश निर्णय


अमेरिका, चैत २६ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको बिस्तारित बैठक संगठनको कामलाई चलायमान गराउन बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा अप्रिल ६ तारिकमा बसेको बैठकले अन्तराष्टिर्य कमिटीको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णयसहित सदस्यता नविकरण शुल्क बुझाउनेदेखि तोकिएको मितिमा सवैराज्य कमिटी र राष्ट्रिय कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

अध्यक्ष लामिछानेले दिनुभएको जानकारीअनुसार बैठकले प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको सर्कुलर अनुसार प्रवासी नेपाली मञ्च, अमेरिकाको सदस्यता नबिकरण तथा नयाँ सदस्यहरुको दुई बर्षको एकमुष्ट शुल्क अप्रिल १५ तारिकसम्ममा अन्तराष्ट्रिय कमिटीमा बुझाउने निर्णय गरेको छ । अन्तराष्ट्रिय कमिटीले अहिलेसम्म बाँकी रहेको शुल्क बुझाउन समयसीमा तोकेर निर्देशन दिएको थियो ।

यसैगरी बैठकले कतिपय सदस्यहरूको सदस्यता नबिकरण नभएको देखिएकोले नविकरणका लागि सहजीकरण गर्न अमेरिकामा रहेका चार क्षेत्रका उपाध्यक्षको नेतृत्वमा समिति बनाएको छ । अध्यक्ष लामिछानेका अनुसार बैठकले अमेरीकामा रहेका ४ क्षेत्रका उपाध्यक्ष र ईन्चार्जले सम्बन्धित राज्य कमिटीहरूमा सम्पर्क एवं समन्वयन गरेर यथाशीघ्र सदस्यता नबिकरण गरी केन्द्रमा बुझाउन निर्देशनसहित जिम्मेवारी तोकेको छ ।

जसअनुसार उत्तरपूर्वी क्षेत्रमा उपाध्यक्षद्वय भीम ओली, मैया ढुंगाना र उपसचिव कृष्ण आचार्यलाई जिम्मेवारी तोकिएको छ । यसैगरी मध्य क्षेत्रमा उपाध्यक्ष गोपाल कँडेल र उपसचिव थोमस बास्तोलालाई जिम्मेवारी तोकिएको छ । यस्तै बैठकले दक्षिण पश्चिम क्षेत्रमा उपाध्यक्ष गोकर्ण दाहाल, सचिवालय सदस्यहरु विजय भट्टराई र भुवन अधिकारी तथा डिसी मेट्रो क्षेत्रमा उपसचिव गोविन्द खनाल, सचिवालय सदस्य दुर्गा बिक, मानार्थ सचिवालय सदस्य विजय बगाले र दिपक सापकोटालाई जिम्मेवारी तोकेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

यसैगरी बैठकले आगामी मे २५ र २६ तारिकमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा हुन लागेको क्यालिफोर्निया राज्यको लसयन्जलस शहरमा आयोजना गरिएको प्रबासी नेपाली मञ्च अमेरिकाको दोस्रो बार्षिक साधारण सभालाई भब्य रुपमा सम्पन्न गर्ने निर्णयसहित सहभागिताका लागि सवै राज्य कमिटीलाई निर्देशन दिएको छ ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका एमाले उपमहासचिव ज्ञवाली कार्यक्रममा सहभागी हुने निश्चित भएको भन्दै बैठकले साधारण सभालाई ब्यबस्थित रुपमा सम्पन्न गर्न यसअघि नै गठन गरिसकेको समितिहरूलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन पनि दिएको छ । अध्यक्ष लामिछानेका अनुसार साधरणसभामा बढीभन्दा बढी सदस्यहरुको सहभागी गराउन प्रत्येक केन्द्रीय सदस्य र राज्य कमिटीलाई जिम्मेवारी तोकेको छ ।

यसैगरी बैठकले यही अप्रिल २७ तारिकमा हुने प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटीको अधिबेशनलाई भव्यरुपमा सम्पन्न गर्न सो क्षेत्रमा रहेका राष्ट्रिय कमिीिलगायत माथिल्लो र मातहतका सम्पूर्ण कमिटीलाई प्रभावकारी रुपमा काम अघि बढाउन निर्देशन दिएको छ । बैठकले गैर आवासीय नेपाली संघ (एनआरएनए) को सम्बन्धमा सर्वाेच्च अदालतले गरेको आदेशको बारेमा ब्यापक छलफल गरी पूर्णपाठ आएपछि अध्ययन गरी आफ्नो धारणा सार्बजनिक गर्ने निर्णय पनि गरेको छ ।

 

अमेरिका भ्रमणमा रहनुभएकी नेकपा एमालेकी पोलिटब्यूरो सदस्य शान्ता चौधरी प्रमुख अतिथी र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, सचिवालय सदस्य एवं अमेरिका महादेश इञ्चार्ज प्रभु थापा बिशेष अतिथी रहनुभएका बैठकमा अन्तराष्ट्रिय कमिटी सदस्य एवं महिला बिभाग प्रमुख कुन्ती थापा, उपप्रमुख जानकी कार्की, अमेरीका महादेश संयोजक ईश्वरी भट्ट, सदस्य कृष्ण भण्डारी, केशबराज लोहनी, छत्र गुरूङ, अन्तराष्ट्रिय बिभागका सदस्य राज थापा, अमेरिका सल्लाहाकार प्रमुख डा. रूद्र अर्याल, सल्लाहाकार सदस्य यमुना भट्टराई, अमेरिका बिषय बिज्ञ समिति प्रमुख डा. सतिश देबकोटा र सचिब डा. दिनेश पौडेल अतिथीका रुपमा सहभागी हुनुभएको थियो ।

बिस्तारित बैठकमा टेक्सास राज्य कमिटीका अध्यक्ष, न्यूयोर्क राज्य कमिटीका सचिव, म्यासाचुटेस राज्य कमिटिका सल्लाहाकार, ओहायो, आईओबा, केन्टुकी, पेन्सीलभेनिया, मेरीलेन्ड, भर्जिनिया, क्यालीफोर्निया, न्यूहेम्सायर, आर्कान्सस राज्य कमिटीका अध्यक्षसहित पदाधिकारी र सदस्यहरु तथा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा)का बरिष्ठ उपाध्यक्ष विष्णु शीतलसहित ६८ जनाको सहभागीता रहेको थियो ।

बैठकमा आफ्नो धारणा राख्दै प्रमुख अतिथी एमाले पोलिटब्यूरो सदस्य शान्ता चौधरीले प्रवासी नेपाली मञ्चले सकरात्मक भुमिका निर्बाह गरी दोस्रो पुस्तालाई अमेरिकाले मातृभूमि नेपाल र नेपालको राजनीतिप्रति चाख बढाउनु पर्ने सुझाव दिनुभयो ।

बिषेश अतिथि अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले संगठन बिस्तार र प्रभावकारी काममा जोड दिँदै बिभिन्न निर्देशन दिनुभयो । अध्यक्ष थापाले प्रवासी नेपाली मञ्च बिस्तार र संगठन सुदृढीककरण अभियानमा आफू ४२ दिनसम्म बिश्वका बिभिन्न देशमा पुगी प्राप्त अनुभब बैठकमा सुनाउदै अन्तराष्ट्रिय कमिटीले गरेका निर्णयहरू समयमै कार्यान्वयन गर्न निर्दशन दिनुभयो ।

उहाले हालै एनआरएनए सम्बन्धमा अदालतले गरेको निर्णय उचित नभएको भन्दै यसका सम्बन्धमा निकट भविश्यमा बस्ने अन्तराष्ट्रिय कमिटीको बैठकबाट संस्थाको धारणा सार्बजनिक गर्ने जानकारी गराउनु भयो ।

बिषेश अतिथिसचिवालय सदस्य एवं अमेरिका महादेश ईन्चार्ज प्रभु थापाले अन्तराष्ट्रिय कमिटीले गरेका निर्णयहरूको बारेमा सबिस्तार जानकारी गराउदै कार्यान्व्यनमा नचुक्न निर्देशन दिनुभयो । उ हाँले पार्टीको १०औं महाधिबेशनमा अमेरीकाबाट प्रतिनिधि भएका ४ जना नै आगामी बैशाख ९ र १० ललितपुरमा हुने महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा सहभागी भई प्रवासको मुद्धालाई दृढताका साथ राख्नुपर्ने बताउनु भयो ।

इञ्चार्ज थापाले सदस्यता नबिकरणको रेकर्ड र सदस्यता शुल्क समयमै पठाउनसमेत राष्ट्रिय कमिटीलाई निर्देशित गर्दै अमेरिका राष्ट्रिय कमिटीले गरेका कामप्रति आफू सन्तुष्ट रहेको र आगामी दिनमा थप सक्रिय हुन सुझाव दिनुभयो । बैठकमा अमेरीका महादेश संयोजक इश्वरी भट्टले क्यानडा र अमेरीका अन्तर्गत भएका कामको समिक्षा गर्दै महादेश कमिटिमा केही सकृय सदस्यहरूको मनोनित गर्नुपर्ने भएकोले अमेरीकाबाट इच्छुक ब्यक्तिको सिफारिस गर्न आग्रह गर्नुभयो ।

बैठकमा उपाध्यक्ष एवं दोस्रो बार्षिक साधारण सभा आयोजक समितिका संयोजक भीम ओलीले साधारण सभाको तयारी र ब्यबस्थापनका बिभिन्न पक्षबारे जानकारी गराउनु भयो । यस्तै सचिब छबि पाण्डेले क्यालिफोर्निया राज्य कमिटीको मार्च २९ मा सम्पन्न अधिबेशन र दोस्रो बार्षिक साधारण सभाको तयारी र स्थानीय लस एञ्जलश (एलए) निबासी सदस्यहरूको भुमिका र दायित्वका बारेमा बैठकलाई जानकारी गराउँदै बिस्तारित बैठकको संचालन गर्नुभएको थियो ।

बैठकमा पदाधिकारी, सदस्य एवं २३ राज्य कमिटीका अध्यक्ष एवं सहभागीहरूले राखेको जिज्ञासाहरूलाई अध्यक्ष कृष्ण लामिछानेले स्पष्ट पार्दै हाल गण्डकी प्रदेशको पार्टी कार्यालय भबन खरिदका लागि, अन्तराष्ट्रिय भबन निर्माण सहयोग समितिको निर्देशनमा अमेरीकामा बसोबास गर्ने गण्डकी प्रदेश अन्तर्गतका सदस्यलाई समेटेर आफ्नै नेतृत्वमा भबन निर्माण सहयोग समिति निर्माण भएको जानकारी गराउनु भएको थियो । बैठकको सञ्चालन राष्ट्यि कमिटीका सचिव छबि पाण्डेले गर्नुभएको थियो ।

सञ्चालनसहित उहाँले क्यालिफोर्निया राज्य कमिटीको मार्च २९ मा सम्पन्न अधिबेशन र दोस्रो बार्षिक साधारण सभाको तयारी र स्थानिय लस एञ्जलश (एलए) निबासी सदस्यहरूको भूमिका र दायित्वको बारेमा समेत बैठकलाई जानकारी गराउनु भएको छ ।